कांग्रेसको देउवा समूह आज सर्वोच्च जाँदै
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्ष आज न्यायको माग गर्दै सर्वोच्च अदालत जाने भएको छ । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट चयन भएका गगन थापा समूहलाई आधिकारिकता प्रदान गरेपछि निवर्तमान सभापति देउवा समूह सर्वोच्च अदालत जान लागेको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आज सर्वोच्च अदालतमा रिट दर्ता गर्न जाने तयारीमा रहेको जानकारी दिए । गगन थापा समूहलाई अधिकारिकता दिने आयोगको निर्णयविरुद्ध देउवा समूहको शनिबार बसेको केन्द्रीय कार्यसमिति बैठकले राजनीतिक र कानुनी रुपमा प्रतिवाद गर्ने निर्णय गरेको थियो ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.