एमालेको महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि ठम्मर विष्टले गरे एमाले परित्याग

0
4

 

३ पुष, सुर्खेत । नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा पराजित भएपछि नेता ठम्मर विष्टले पार्टी परित्यागको घोषणा गरेका छन् ।

बिहीबार साँझ सामाजिक सञ्जाल फेसबुकमार्फत एक लामो वक्तव्य जारी गर्दै यस्तो घोषणा गरेका हुन । विष्टले एमालेको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका हुन् ।

कर्णाली प्रदेश भूगोलतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका विष्टले जम्मा ८७५ मत प्राप्त गरी पराजय बेहोरेका थिए । अध्यक्ष केपी शर्मा ओली समूहबाटै टिकट पाउनेमा विश्वस्त रहेका विष्ट अन्तिम समयमा ओलीको आधिकारिक सूचीमा नअटाएपछि ईश्वर पोखरेल समूहबाट उम्मेदवार बनेका थिए ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here