🎄 Holiday Season Special
एमाले सचिवालय बैठक बस्दै
१३ पुस,काठमाडौँ । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बस्ने भएको छ । ११ औँ महाधिवेशनपछि आज बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्ने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीकाले बताए ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पुस १३ र १४ गते समानुपातिक उम्मेदवारको बन्द सूची निर्वाचन आयोगमा बुझाउनुपर्ने भएकाले एमालेले उक्त सूचीबारे छलफल गर्न बैठक बोलाएको अधिकारीले जानकारी दिए ।
आकांक्षीहरुको नाम संकलन गरेर अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सर्टलिस्ट तयार पारिसकेको बताइएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.