एमाले महाधिवेशन अबडेटः ३६ जना प्रतिनिधि अनुपस्थित
३ पुस,काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ। बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान बिहीबार बिहान सवा ७ बजे सकिएको हो।
महाधिवेशनका लागि चयन भएका २ हजार २ सय ६३ प्रतिनिधिमध्ये २ हजार २ सय २७ जनाले मतदान गरेका छन्। ३६ जना प्रतिनिधि अनुपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ।
मतदान सकिएसँगै भोटिङ मेसिन सिल गर्ने प्रक्रिया सुरु गरिएको छ। केही बेरमै प्रतिनिधिहरूको रोहबरमा मतगणना सुरु हुनेछ। विद्युतीय मतदान भएकाले अधिकतम दुई घन्टाभित्र नतिजा आउने आयोगको अनुमान छ। मतदानका लागि ८० वटा भोटिङ मेसिन प्रयोग गरिएको थियो।
यी हुन ३६ जना प्रतिनिधि अनुपस्थित
१. झापाकी कृष्णमाया भुजेल
२. बाराकी लक्ष्मी यादव
३. सिरहाका शत्रुधनप्रसाद सिंह
४. पर्साका राजेन्द्र प्रसाद यादव
५. अंशु आनन्द
६. मनोजकुमार गुप्ता
७. सप्तरीका विजय कापर
८. महोत्तरीका जितेन्द्र चौधरी
९. दानबहादुर विक
१०. बब्लु सिवाकोटी
११. सिर्जना नेपाली
१२. अशिम कोइराला
१३. दिनेशकुमार बास्तोला
१४. बालुका बेलबासे
१५. गिरिराज बेलबासे
१६. राजेन्द्र अर्याल
१७. मिना पोखरेल
१८. तेजकुमार विक
१९. पल्लवराज भट्ट
२०. तिलक रिजाल
२१. गोमा नेपाली
२२. बसन्त नम्वाङ
२३. मुकुन्द न्यौपाने
२४. बालकृष्ण काउछा मगर
२५. ब्रिजेश गुप्ता
२६. राजकुमार गुप्ता
२७. हरिबहादुर राजवंशी
२८. पोष्टकुमार नेपाल
२९. सरस्वती गौतम
३०. सर्वतलाल राजवंशी
३१. प्रदीप प्याकुरेल
३२. समीर नेपाल
३३. रचना राजोपाध्याय
३४. अशोक केसी
३५. घनश्याम कोइराला
३६. सञ्जीव रोकाहा
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.