इम्बोस्ड नम्बर प्लेट र ट्राफिक प्रहरी अधिकारसम्बन्धी सर्वोच्च अदालतको फैसलाको सार्वजनिक यातायात महासङ्घद्वारा स्वागत

0
4

काठमाडौँ । सार्वजनिक यातायात केन्द्रीय महासङ्घ नेपालले इम्बोस्ड नम्बर प्लेट तथा ट्राफिक प्रहरीलाई दिइएको अधिकारसम्बन्धी विषयमा सम्मानित सर्वोच्च अदालतबाट नेपाल र नेपालीको हितमा आएको फैसलाको स्वागत गर्दै धन्यवाद ज्ञापन गरेको छ।

महासङ्घका अनुसार नेपाली भाषा–लिपिको संरक्षण, नेपाली यातायात व्यवसायी तथा आम नागरिकको गोपनीयता र विदेशी निर्भरता घटाउने मागसहित इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने सरकारी निर्णयविरुद्ध चरणबद्ध कार्यक्रम सञ्चालन गर्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र यातायात व्यवस्था विभागमा मागपत्र पेस गरिएको थियो। सोही सन्दर्भमा महासङ्घले काठमाडौँ उपत्यकासहित देशभरका यातायात कार्यालयहरूबाट हुने सबै यातायातसम्बन्धी काम गृह मन्त्रालयअन्तर्गत नेपाल प्रहरी मातहतको ट्राफिक प्रहरीमार्फत सञ्चालन गर्न दिइएको अधिकार र सवारीसाधनका कागजपत्र लिन नपाउने व्यवस्थाविरुद्ध समेत पहल गरेको जनाएको छ।

उक्त दुवै विषयमा सर्वोच्च अदालतले दिएको फैसलाले नेपाल र नेपालीको हित संरक्षण गरेको महासङ्घको ठहर छ। महासङ्घले देशभरका यातायात व्यवसायी तथा श्रमिकहरूको तर्फबाट सम्मानित सर्वोच्च अदालत, माननीय न्यायाधीशहरू, कानुन व्यवसायी तथा आम नागरिकप्रति निर्णयप्रति स्वागत गर्दै हार्दिक आभार व्यक्त गरेको छ।

महासङ्घका महासचिव भरत नेपालद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि अदालतको फैसलाले नेपाली भाषा–लिपिको संरक्षण, गोपनीयता र राष्ट्रिय हितलाई प्राथमिकता दिएको सन्देश दिएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here