

Russia Invades Ukraine अमेरिकाले युक्रेनका लागि पठाउन लागेको सामग्री के के छन् ?
अमेरिकी डेस्क, सान फ्रान्सिस्को, क्यालिफोर्निया Russia Invades Ukraine अमेरिकाले युक्रेनका लागि पठाउन लागेको सामग्री के के छन्? अमेरिकाले युक्रेनलाई कस्ता सामग्री पठाउँदै छ?
राष्ट्रपति जो बाइडनले बुधवार घोषणा गरेको ८० करोड अमेरिकी डलर बराबरको नयाँ सैन्य सहायता अन्तर्गत अमेरिकाले युक्रेनलाई प्रतिबद्धता जनाएको सामग्रीहरूमध्ये युक्रेनमा अमेरिकी सैन्य सहायताको रकम गत साता मात्रै एक अर्ब अमेरिकी डलर रहेको थियो। उक्त रकम सन् २०१४ देखि २०२२ को सुरुवातसम्म गरिएको सहायता रकम दुई अर्ब ७० करोडको तुलनामा अत्यधिक धेरै हो।
१. जाभलिन क्षेप्यास्त्रहरू पनि पर्छन्। त्यस्ता अस्त्रमा ड्रोन पनि समावेश छन्। तिनलाई हवाई बम र लडाकु विमान प्रतिरक्षात्मक अस्त्रहरूमा परिणत गर्न सकिन्छ जसले आकाशबाट हेलिकप्टरहरूमाथि गोलाबारी गर्न सक्छ। अमेरिकाले १०० वटा “रणनीतिक मानवरहित हवाई प्रणाली” वा साना ड्रोन पठाउने योजना बनाएको छ। ती ड्रोनहरू हातैले प्रहार गरिन्छन् र भिर्ने झोलामा अट्ने आकारको हुन्छन्। सैनिकहरूले तिनीहरूलाई युद्धको मैदान बाहिर निगरानी गर्न वा केही अवस्थामा आक्रमण गर्न प्रयोग गर्न सक्छन्। तिनीहरूलाई हवाई बमको रूपमा प्रयोग गर्न सकिन्छ जसलाई टाढैबाट लक्ष्यसम्म प्रहार गर्न सकिन्छ।

Country of origin | United States |
Entered service | 1996 |
Armor penetration | 800 mm |
Range | 2 500 m |
Missile length | 1.1 m |
Launch tube length | 1.2 m |
Missile diameter | 0.13 m |
Launch tube diameter | 0.14 m |
Carry weight | 22.3 kg |
CLU weight | ~ 6.4 kg |
Warhead weight | 8.4 kg |
Warhead | Tandem HEAT |
Guidance system | Infrared imaging |
२. २५,००० थान शारीरिक आक्रमण रोक्न बनाइएको सुरक्षा कवच, हेलमेटदेखि राइफल र ग्रिनेडहरू, हजारौँ अन्य ट्याङ्क प्रतिरक्षात्मक अस्त्र र दुई करोड राउन्डभन्दा बढी गोलाबारुदसहितको सैन्य उपकरणहरू समावेश छन्।

३. सर्वाधिक शक्तिशाली अस्त्रहरूमा ८०० स्टिङ्गर लडाकु विमान प्रतिरक्षात्मक प्रणालीहरू समाविष्ट छन्। उक्त प्रणाली अफगानिस्तानमा सोभियत विमानहरूलाई प्रहार गर्न प्रयोग गरिएको थियो
सैन्य विज्ञहरूका अनुसार अमेरिकाले प्रदान गरेको ट्याङ्क प्रतिरक्षात्मक अस्त्रहरूको प्रभाव युक्रेनमा अधिक देखिने छ। आक्रमणकारी रुसी फौजहरू “स्वचालित जत्था हो” अर्थात् बख्तर बन्दसहितको लस्कर। “तिनीहरूमाथिको नियन्त्रणको सर्वश्रेष्ठ उपाय तिनीहरूलाई ध्वस्त पार्नु हो”, पूर्वअमेरिकी कर्नेल क्रिस्टोफर मेयरले भने। युक्रेनले विभिन्न देशबाट फरक किसिमका प्रतिरक्षात्मक अस्त्रहरू प्राप्त गरेको छ। यसले रुसी बख्तरबन्दविरुद्ध लडिरहेका युक्रेनी फौजको प्रतिकार थप घातक हुन मद्दत गर्ने मेयरले बताए। “यदि उनीहरूलाई विभिन्न किसिमका ट्याङ्क प्रतिरक्षात्मक प्रणालीहरू दिइयो भने, यसले उनीहरूलाई बख्तरबन्दमा भएको जुनसुकै प्रतिरक्षा प्रणाली छेडेर तहसनहस पार्ने कयौँ अवसरहरू प्रदान गर्छ,” उनले भने।
ह्वाइट हाउसले सोभियत कालमा अधिक उचाइमा उड्ने लडाकु विमान लक्षित एस-३०० जस्तै क्षेप्यास्त्र तेस्रो मुलुकमार्फत युक्रेन पठाइने सङ्केत गरे पनि यसबारे कुनै औपचारिक घोषणा भने भएको छैन। स्लोभाकियाका अधिकारीहरूले पूर्तिस्वरूप अन्य अस्त्र पाएको खण्डमा युक्रेनलाई त्यस्ता अस्त्र उपकरणहरू पठाउने इच्छा देखाएका छन्। नेटोका अन्य दुई साझेदारहरू ग्रीस र बुल्गेरियामा पनि यस्तो प्रणाली रहेको विवरण आएका छन्। युक्रेनीहरूको हवाई आक्रमण तीव्र पार्न पोल्यान्डद्वारा प्रस्तावित मिग-२९ लडाकु विमानको हस्तान्तरण अमेरिकाले रद्द गरेको छ। यो न्यूज बिबिसी न्यूज बाट साभार गरिएको हो।