KhabarBreaking.com: सहुलियतापूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको आग्रह

२४ बैशाख , काठमाडौं । अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन नेपालले अपिल गरेको छ। हाल जर्जियाको राजधानी त्बिलिसीमा जारी  एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकमा  अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका कामलाई गति दिन ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन्।

सचिव मरासिनीले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गेर।

उनले दक्षिण एसियालाई उदीयमान आर्थिक विकासको क्षेत्र बनाउन सामूहिक प्रयासको खाँचो औंल्याउँदै अन्तरक्षेत्रीय व्यावपार अभिवृद्धिका लागि कनेक्टिभिटी, नवप्रवर्तन र डिजिटलाइजेसनमा जोड दिइनुपर्ने बताए।

‘कोभिड–१९ महामारीपछि नेपाली अर्थतन्त्रमा विश्वव्यापी आर्थिक चुनौतीको प्रभाव परेको छ। पछिल्ला दिनमा राजस्व घाटा र बढ्दो ऋण दायित्वका कारण आर्थिक गतिविधिहरूमा संकुचन प्रदा हुनुले अन्य धेरैजस्तै नेपालले पनि सुस्त आर्थिक वृद्धि र आर्थिक शिथिलताको सामना गरिरहेको छ’, उनले भने, ‘आर्थिक समृद्धि, अल्पविकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नती र दिगो विकास लक्ष्य प्राप्त गर्न सार्वजनिक वित्त परिचालन मात्र पर्याप्त नहुने भएकाले निजी क्षेत्रसँगको सहकार्य अपरिहार्य बन्न गएको छ। म यो मञ्चबाट एडिबीसहित हाम्रा सबै विकास साझेदारहरुलाई सहुलियतपूर्ण कर्जामा जोड दिने नीतिमा हाम्रो सरकार रहेको जानकारी गराउन चाहन्छु।’ सचिव मरासिनीले नेपालले राजनीतिक स्थायित्वसँगै आर्थिक वृद्धि र समृद्धिका लागि प्रयास गरिरहेको भन्दै सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धि सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको जनाए।

The post सहुलियतापूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको आग्रह first appeared on Khabar Breaking.

 

२४ बैशाख , काठमाडौं । अन्तर्राष्ट्रिय विकास साझेदारसहित विश्व समुदायलाई सहुलियतापूर्ण सहायता उपलब्ध गराउन नेपालले अपिल गरेको छ। हाल जर्जियाको राजधानी त्बिलिसीमा जारी  एसियाली विकास बैंक (एडिबी) को बोर्ड अफ गभर्नरको ५७औं वार्षिक बैठकमा  अर्थसचिव मधुकुमार मरासिनीले कोभिड–१९ महामारीका कारण शिथिल बनेको अर्थतन्त्र र विकासका कामलाई गति दिन ठूलो पुँजी परिचालन गर्नुपर्ने भएकाले सहुलियतपूर्ण सहायता उपलब्ध गराउन आग्रह गरेका हुन्।
सचिव मरासिनीले नेपाल हरित, उत्थानशील र समावेशी विकास (ग्रिड) को अवधारणामा अघि बढेको भन्दै वित्तीय र प्राविधिक सहयोग बढाउन एसियाली विकास बैंकसहित सबै विकास साझेदारसँग आग्रह गेर।
उनले दक्षिण एसियालाई उदीयमान आर्थिक …
The post सहुलियतापूर्ण सहायता बढाउन विश्व समुदायलाई नेपालको आग्रह first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    ६ पुष ,काठमाडौँ । पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि जनकपुर बोल्ट्सले जितेको छ । आज शनिबार भएको फाइनल खेलमा ओपनर  लाहिरु मिलन्थाको उत्कृष्ट ब्याटिङ सङ्गै जनकपुरले सुदूरपश्चिम…

    Read more

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  आफ्नो स्थापनाको २५औं  वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने जानकारी दिएको छ। इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान…

    Read more

    You Missed

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 8 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    • By
    • December 20, 2024
    • 15 views

    Profile and Interviews: Why me???

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

    • By
    • December 19, 2024
    • 13 views

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 14 views