KhabarBreaking.com: ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को स्नायु-समस्या समाधानमा महत्त्वपूर्ण भूमिका: उपराष्ट्रपति यादव

६ जेठ , काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सामान्यत ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने मस्तिष्कघात नेपालमा युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताएका छन् ।

‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को प्रथम अन्तर्राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा आज सम्बोधन गर्दै उपराष्ट्रपति यादवले देशमा ४५ वर्ष मुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुने डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक भएको बताएका हुन् ।

उपराष्ट्रपति यादवले रोगहरु बढ्नुको मुख्य कारण मानिसको अव्यवस्थित जीवनशैली भएको बताए ।  ‘आरामदायी जीवनशैली, धूम्रपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । हामीले हाम्रो दैनिकी र जीवनशैलीमा सुधार गर्न जरुरी छ’ उनले भने, ‘नियमित व्यायाम, स्वास्थ्यकर खानपान, आवधिक स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्शबाट धेरै रोगलाई नियन्त्रण गर्न सकिन्छ ।’

उनले न्यूरोसंग सम्बन्धित रोगको निदान र उपचारमा जोड दिँदै शरीरका विभिन्न अङ्गमा रोगको दीर्घकालीन असरलाई कम गर्न सक्नु पर्ने बताए । उनले नेपालमा सहरी क्षेत्रमा स्वास्थ्य क्षेत्रको अवस्था केही सामान्य भए पनि दुर्गम गाउँवस्तीमा बसोबास गर्ने आम नागरिकलाई समयमै उपचार पाउन धेरै गाह्रो अवस्था रहेकोे समेत बताए ।

‘अझ जटिल र घातक रोगको उपचारका लागि विदेश जानुपर्ने बाध्यता छ । यो बाध्यता हटाउँदै अन्तर्राष्ट्रिय स्तरको सेवा स्वदेशमै उपलब्ध गराउन सक्नु पर्दछ ’ उनले भने, ‘न्यूरोसंग सम्बन्धित रोगको रोकथाम, नियन्त्रण र उपचारको भरपर्दो व्यवस्था गरी सबै नेपालीको जीवन रक्षाका लागि सरकारसँगै यस क्षेत्रमा क्रियाशील सङ्घसंस्था पनि प्रतिबद्ध हुन जरुरी छ ’

‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ले न्यूरोलोजीसँग सम्बन्धित रोगहरूको नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने उल्लेख गर्दै न्यूरोलोजीको क्षेत्रमा देखिएका समस्याहरू पहिचान गर्न र त्यसको समाधानका लागि यो सम्मेलन सफल हुने विश्वास उनलेे व्यक्त गरे ।

The post ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को स्नायु-समस्या समाधानमा महत्त्वपूर्ण भूमिका: उपराष्ट्रपति यादव first appeared on Khabar Breaking.

 

६ जेठ , काठमाडौँ । उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सामान्यत ५५ वर्ष उमेरभन्दा माथिकालाई हुने मस्तिष्कघात नेपालमा युवा उमेरमै देखिनु चिन्ताको विषय भएको बताएका छन् ।
‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को प्रथम अन्तर्राष्ट्रिय सम्मेलनलाई काठमाडौँमा आज सम्बोधन गर्दै उपराष्ट्रपति यादवले देशमा ४५ वर्ष मुनिका धेरै युवा मस्तिष्कघातबाट पीडित हुने डरलाग्दो अवस्थालाई न्यूनीकरण गर्न अति आवश्यक भएको बताएका हुन् ।
उपराष्ट्रपति यादवले रोगहरु बढ्नुको मुख्य कारण मानिसको अव्यवस्थित जीवनशैली भएको बताए ।  ‘आरामदायी जीवनशैली, धूम्रपान, मदिरा सेवन, उच्च रक्तचाप, मधुमेह र कोलेस्ट्रोलका कारण धेरैको अकालमै मृत्यु हुने गरेको छ । हामीले हाम्रो दैनिकी …
The post ‘नेप्लिज एकेडेमी अफ न्यूरोलोजी’ को स्नायु-समस्या समाधानमा महत्त्वपूर्ण भूमिका: उपराष्ट्रपति यादव first appeared on Khabar Breaking. 

 

स्वास्थ्य 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले  आफ्नो स्थापनाको २५औं  वार्षिकोत्सव आगामी माघ ४ गते विशेष कार्यक्रमसहित मनाउने जानकारी दिएको छ। इप्पानले ‘लिडिङ द इनर्जी प्रस्पोरेटी’ भन्ने नारासहित ‘इप्पान…

    Read more

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    काठमाडौं । बालाजुस्थित एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभ लिमिटेडले आफ्नो २०औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। सहकारीका अध्यक्ष रविकृष्ण मानन्धरको सभापतित्वमा यही मंसिर २८ गते सम्पन्न साधारणसभाले संस्थाको वार्षिक प्रगति…

    Read more

    You Missed

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 14 views

    एक्टिभ सेभिङ्ग एण्ड क्रेडिट को-अपरेटिभको २०औं साधारणसभा सम्पन्न

    • By
    • December 20, 2024
    • 14 views

    Profile and Interviews: Why me???

    महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

    • By
    • December 19, 2024
    • 12 views

    राष्ट्र बैंकको नीतिगत व्यवस्थामा समयानुकूल समीक्षा हुन्छ: गभर्नर

    • By
    • December 19, 2024
    • 14 views

    पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 19, 2024
    • 13 views
    पर्यटन समाज सहकारीमा नारायण पौडेलको अध्यक्षतामा नयाँ संचालक समिति