१८ बैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था सन्तोषजनक नरहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट ट्रेड युनियनका प्रतिनिधिहरूसँग सोमबार भएको छलफलमा उनले यस्तो बताएका हुन । उनले श्रमबजारमा पर्याप्त र सम्मानजनक रोजगारको अवसर सृजना हुन नसकेकाले श्रमशक्तिको आपूर्ति र मागमा ठूलो अन्तर रहेको बताए।
मन्त्री अर्यालले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षाका लागि केही कानुनी व्यवस्था भए पनि अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे। सरकारले उनीहरूको हकअधिकार र पेसागत सुरक्षाका लागि ट्रेड युनियनसँग समन्वय र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।
The post देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था सन्तोषजनक छैनः मन्त्री अर्याल first appeared on Khabar Breaking.
१८ बैशाख, काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था सन्तोषजनक नरहेको बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट ट्रेड युनियनका प्रतिनिधिहरूसँग सोमबार भएको छलफलमा उनले यस्तो बताएका हुन । उनले श्रमबजारमा पर्याप्त र सम्मानजनक रोजगारको अवसर सृजना हुन नसकेकाले श्रमशक्तिको आपूर्ति र मागमा ठूलो अन्तर रहेको बताए।
मन्त्री अर्यालले औपचारिक क्षेत्रमा कार्यरत श्रमिकको सामाजिक सुरक्षाका लागि केही कानुनी व्यवस्था भए पनि अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको अवस्था चिन्ताजनक रहेको उल्लेख गरे। सरकारले उनीहरूको हकअधिकार र पेसागत सुरक्षाका लागि ट्रेड युनियनसँग समन्वय र सहकार्य गर्ने …
The post देशमा रोजगारीको स्थिति र श्रमिकको अवस्था सन्तोषजनक छैनः मन्त्री अर्याल first appeared on Khabar Breaking.
देश, समाचार
Khabar Breaking