१८ बैशाख, काठमाडौं । उपनिर्वाचनमा एमालेले इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा सदस्य दुवै ठाउँमा जितेको छ । यो जित संगै एमालेको संगठन कमजोर छैन भन्ने सन्देश देशभरी दिएको छ । उपनिर्वाचनमा बिजयी भए पछि सबै भन्दा बढी एमाले उत्साहित भएको छ । इलाम–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरे । दोस्रो स्थानमा रहेका खड्काले २१ हजार ९४२ मत प्राप्त गरे ।
तेस्रोमा पहिचानवादी स्वतन्त्र उमेदवार डकेन्द्रसिंह थेगिमले ११ हजार ४५७ मत पाए । चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार मिलन लिम्बुले पाँच हजार ५० मत ल्याए ।
२०८० भदौ २६ गते एमालेका नेता तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपश्चात यो क्षेत्र खाली रहेको थियो । सोही रिक्तता पूर्ति गर्न वैशाख १५ मा उपनिर्वाचन भएको हो । सुहाङ सुवासका कान्छा छोरा हुन् । २०४६ सालमा काठमाडौंमा उनको जन्म भएको हो । उनले कानुन विषय अध्ययन गरेका छन् ।
सुहाङलाई उपनिर्वाचनमा एमालेले माओवादी केन्द्र, नेपाल परिवार दल, नेकपा विप्लव समूह समेतका गठबन्धनका साझा उमेदवारका रूपमा इलाम–२ मा उमेदवार बनाएको थियो ।
त्यसै गरी बझाङको प्रदेश सभा क्षेत्र नेकपा (एमाले) ले जितेको छ। सोमबार दिउँसो आएको मतपरिणामअनुसार एमाले उम्मेदवार दमनबहादुर भण्डारी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।
भण्डारीले ११६१३ मत ल्याए भने नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११३४६ मत ल्याए। तेस्रो स्थानमा रहेका नेकपा माओवादी केन्द्रका जनक बुढाले ३८३१ मत ल्याए भने चौथो स्थानमा रहेका एकीकृत समाजवादीका दिलबहादुर सिंहले २५१४ मत ल्याएका छन्।
The post एमाले उत्साहित, देश भरी दियो यस्तो सन्देश first appeared on Khabar Breaking.
१८ बैशाख, काठमाडौं । उपनिर्वाचनमा एमालेले इलाम–२ को प्रतिनिधि सभा र बझाङको प्रदेश सभा सदस्य दुवै ठाउँमा जितेको छ । यो जित संगै एमालेको संगठन कमजोर छैन भन्ने सन्देश देशभरी दिएको छ । उपनिर्वाचनमा बिजयी भए पछि सबै भन्दा बढी एमाले उत्साहित भएको छ । इलाम–२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङ निर्वाचित भएका छन् । उनी नेपाली कांग्रेसका उमेदवार डम्बर खड्कालाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका हुन् ।
नेम्वाङले निकटतम प्रतिस्पर्धी कांग्रेसका खड्कालाई पाँच हजार ८३० मतान्तरले पराजित गरेका हुन् । विजयी नेम्वाङले २७ हजार ७७२ …
The post एमाले उत्साहित, देश भरी दियो यस्तो सन्देश first appeared on Khabar Breaking.
देश, मुख्य समाचार, समाचार
Khabar Breaking