KhabarBreaking.com: सानिमा जिआईसी इन्स्योरेन्सको छैठौं साधारणसभाबाट २५% हकप्रद शेयर पारित

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा अमृतभोग कालिकास्थान काठमाडौंमा यही चैत २९ गते बिहीबार  सम्पन्न भएको सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित  पारित गरेको छ ।

त्यस्तै , साधारणसभाले कम्पनीको लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९।०८० आषाढ मसान्तको वासलात, साउनदेखि २०८०।०३।३१ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले साविक जनरल इन्स्योरेन्स कम्पनी नेपालको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९।०८० को वासलात, मिति २०७९ साउन देखि २०७९ र ०७।०६ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०८०।०८१ को लागि वाह्य लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र वर्तमान लेखापरीक्षक कानूनत पुनः नियुक्त हुन योग्य रहेको प्रस्ताव पारित गरेको छ ।

सभाले संचालक समितिबाट मनोनित स्वतन्त्र संचालकको नियुक्ति अनुमोदन गर्ने, कम्पनीको जारी पूँजी तथा चूक्ता पूँजी बृद्धि गर्न प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, कम्पनीको चुक्ता पूँजी रुपैयाँ २ अर्बको २५ प्रतिशत बराबर रु ५० करोडको हकप्रद शेयर जारी गर्ने, कम्पनी ऐनको दफा १०५ को उपदफा १ (ग) बमोजिम आर्थिक वर्ष २०७९।०८० मा भएको खर्चको अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ ।

The post सानिमा जिआईसी इन्स्योरेन्सको छैठौं साधारणसभाबाट २५% हकप्रद शेयर पारित first appeared on Khabar Breaking.

 

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष कुनाल कयालको अध्यक्षतामा अमृतभोग कालिकास्थान काठमाडौंमा यही चैत २९ गते बिहीबार  सम्पन्न भएको सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेका आर्थिक वर्ष २०७९।०८० को वार्षिक प्रतिवेदन छलफल र सुझावसहित  पारित गरेको छ ।
त्यस्तै , साधारणसभाले कम्पनीको लेखा परीक्षण प्रतिवेदन सहित आर्थिक वर्ष २०७९।०८० आषाढ मसान्तको वासलात, साउनदेखि २०८०।०३।३१ गते सम्मको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गरेको छ ।
सभाले साविक जनरल इन्स्योरेन्स कम्पनी नेपालको लेखापरीक्षण प्रतिवेदन सहित आर्थिक …
The post सानिमा जिआईसी इन्स्योरेन्सको छैठौं साधारणसभाबाट २५% हकप्रद शेयर पारित first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    २ साउन , काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीको लागि सहज हुने नीति लिने  बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका…

    Read more

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    १ साउन, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी ११६ को ठुलो मतान्तरमा निवर्तमान अध्यक्ष भविश्वर शर्मालाई पराजित गरेका…

    Read more

    You Missed

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    • By
    • July 17, 2024
    • 13 views

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    • By
    • July 17, 2024
    • 13 views
    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

    • By
    • July 17, 2024
    • 13 views

    Intiut laying off in Bay Area false alarming news across media subjects

    Intiut laying off in Bay Area false alarming news across media subjects

    एक कर्मचारीको मृत्यु

    • By
    • July 16, 2024
    • 13 views

    ओली मन्त्री मन्त्रिपरिषद्ले गर्यो अघिल्लो  सरकारका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय

    • By
    • July 16, 2024
    • 14 views