KhabarBreaking.com: सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बन्ने

६ जेठ , काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणमा  संसदीय छानबिन समिति बनाउन सत्तारूढ तथा प्रमुख प्रतिपक्षी दलबीच सहमति जुटेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो ।

यसअघि कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेमाथि  केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने एकपक्षीय माग राख्दै आएको थियो ।

समितिको  कार्यादेश र कार्यविधि के हुने भन्नेबारेमा कार्यदलले आइतबार निर्धारण गर्ने सहमति भएको छ।

समिति  बन्ने भएसँगै आइतबारको संसद् बैठक सहज रूपमा अघि बढ्ने भएको छ। यसअघि गृहमन्त्री लामिछाने माथि सहकारी ठगीमा संलग्न भएको निराधार आरोप लगाउदै काङ्ग्रेसले निरन्तर संसद अवरुद्ध गर्दै आएको थियो ।

The post सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बन्ने first appeared on Khabar Breaking.

 

६ जेठ , काठमाडौं । सहकारीको बचत अपचलन प्रकरणमा  संसदीय छानबिन समिति बनाउन सत्तारूढ तथा प्रमुख प्रतिपक्षी दलबीच सहमति जुटेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा शनिबार साँझ बसेको  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत शीर्ष नेताहरूको बैठकमा यस्तो सहमति जुटेको हो ।
यसअघि कांग्रेसले सहकारीको बचत हिनामिना प्रकरणमा गृहमन्त्री लामिछानेमाथि  केन्द्रित भएर संसदीय छानबिन समिति बनाउनुपर्ने एकपक्षीय माग राख्दै आएको थियो ।
समितिको  कार्यादेश र कार्यविधि के हुने भन्नेबारेमा कार्यदलले आइतबार निर्धारण गर्ने सहमति भएको छ।
समिति  बन्ने भएसँगै आइतबारको संसद् …
The post सहकारीको बचत अपचलन प्रकरणमा संसदीय छानबिन समिति बन्ने first appeared on Khabar Breaking. 

 

अर्थ, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    २१ असोज, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कामका लागि पारिश्रमिकमा आधारित सामुदायिक आयोजना (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७७ मा प्रथम संशोधन गरेको छ । श्रम, रोजगार तथा…

    Read more

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    २१ असोज , काठमाडौं । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मुलुकभरका विभिन्न जिल्लाका सामुदायिक विद्यालयहरुमा निर्माण गरेका भवनहरु मध्ये थप एक विद्यालयमा पुस्तकालय समुद्घाटन गरिएको…

    Read more

    You Missed

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views

    देशको बिकासका निम्ती मन्त्रीले राजनीतिक रंग हैन, राष्ट्र सेवाभाव हेर्नुपर्छः राज्यमन्त्री चौधरी

    • By
    • October 7, 2024
    • 12 views

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एनएमबि बैंकद्वारा ५१ लाख सहयोग

    • By
    • October 7, 2024
    • 14 views

    एभरेष्ट बैंक लिमिटेडको ३० औं वार्षिक साधारण सभा सम्पन्न

    • By
    • October 7, 2024
    • 10 views