KhabarBreaking.com: सर्वोत्तम सिमेन्ट लिमिटेडको १५% लाभांश पारित; संचालक समितिको निर्वाचन सम्पन्न

काठमाडाैं ।  सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारणसभाबाट  १५ प्रतिशत लाभांश प्रदान गर्दै नयाँ संचालक समितिको निर्वाचन समेत सम्पन्न गरेको छ।

सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले  पाँचौ वार्षिक साधारण सभा यही बैशाख १२ गते  रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०र०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५% (कर सहित) नगद लाभांश  बाड्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

सभाले संस्थापक शेयरधनी समूहबाट ५ (पाँच) जना संचालकहरु विष्णु प्रसाद न्यौपाने,  बिमल कुमार सावरथिया,  टिकाराम न्यौपाने,  तेन्जीङ लाग्देन तामाङ,  उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना संचालकमा शिव सिंह कार्की निर्विरोध निर्वाचित भएका छन्, स्वतन्त्र संचालकमा एक (१) जना नेहा अग्रवालज्यूलाई मनोनीत गरिएको छ ।

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष के.सी. ले कम्पनीका सबै संचालक समिति, ग्राहक, कर्मचारी वर्ग तथा शेयरधनीहरुप्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन् ।

उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिँदै आफ्नो स्थापना पश्चात हाल सम्म ६,७२,६८,०२१ बोरा सिमेन्ट र २८,८६,१६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका छन्।

The post सर्वोत्तम सिमेन्ट लिमिटेडको १५% लाभांश पारित; संचालक समितिको निर्वाचन सम्पन्न first appeared on Khabar Breaking.

 

काठमाडाैं ।  सर्वोत्तम सिमेन्ट लिमिटेडले आफ्नो पाँचौ वार्षिक साधारणसभाबाट  १५ प्रतिशत लाभांश प्रदान गर्दै नयाँ संचालक समितिको निर्वाचन समेत सम्पन्न गरेको छ।
सौरभ ग्रुप अन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले  पाँचौ वार्षिक साधारण सभा यही बैशाख १२ गते  रुपन्देही जिल्लाको सिद्धार्थ नगरपालिका भैरहवा स्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो।
सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७१/०८० को नाफा नोक्सान हिसाब सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०र०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पुँजीको १५% (कर …
The post सर्वोत्तम सिमेन्ट लिमिटेडको १५% लाभांश पारित; संचालक समितिको निर्वाचन सम्पन्न first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    सुनको मूल्य बढ्यो

    २३ कार्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी…

    Read more

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    २२ कार्तिक , काठमाडौं । यही ५ नोभेम्बरमा सम्पन्न भएको सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन…

    Read more

    You Missed

    सुनको मूल्य बढ्यो

    • By
    • November 8, 2024
    • 1 views

    Profile and Interviews: End Mein Anaya Ke Sath Kya Hua 😳

    Profile and Interviews: Bakın baba nasıl ceza aldı

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    • By
    • November 7, 2024
    • 14 views

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    • By
    • November 7, 2024
    • 14 views

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 16 views