२४ चैत, काठमाडौं । विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो अठारौं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ संचालक समितिको चयन गरेको छ। राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यमा आज सम्पन्न साधारणसभाले भोजराज ढुंगानाको अध्यक्षतामा आगामी ४ वर्षको कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको हो।
अध्यक्ष ढुंगानाका साथै उपाध्यक्ष शंकर बहादुर क्षेत्री , सचिवमा निपिन देव , कोषाध्यक्ष राजु प्रसाद तिमल्सिना , लेखा सुपरिवेक्षण समितिको संयोजकमा लीला बहादुर थापा लगायत सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन। संस्थाले चैत १३ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गरेको थियो।
साधारणसभामा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले प्रक्रियामा रहेको कर्जा असुली न्यायधिकरण आउने बित्तिकै पचास प्रतिशत समस्या समाधान हुने बताइन। उनले हालसम्म २० वटा सहकारीहरु समस्याग्रस्त घोषणा भएका र करिब ५०० जति सहकारी समस्यामा रहेका जानकारी दिइन। अध्यक्ष मल्लले सहकारी अभियानमा आउँदा राजनीतिक पार्टीका आस्था र आग्रह बोकेर आउन नहुने बताइन् ।
सहकारीका निवर्तमान अध्यक्ष रामकुमार थेवेले कोभिड-१९ तथा हाल आएर सहकारी क्षेत्रमा फैलिएको नकारात्मक धारणाको वातावरणमा पनि यस संस्थाको निक्षेप तथा शेयरमा वृद्धि हुनुले सदस्यहरुको विश्वास निरन्तर रहेको उल्लेख गरे। उनले सहकारीको बहुउद्देश्यीय प्रकृति अनुसार विद्युतीय सवारी साधनको चार्जिङ स्टेशन निर्माण गर्नुका साथै उर्जा , शिक्षा , पर्यटन , स्वास्थ्य , कृषिमा लगानी गर्ने योजना रहेको बताए ।
समीक्षा आर्थिक वर्ष २०७९/८० यस संस्थामा ५४२८ सदस्य बाट शेयर पूँजी रु. ४,९०,७५,७००/- रहेको छ । यस अवधिमा संस्थाको निक्षेप संकलन रु. २१,०५,६७,९१५/- र कर्जा तथा लगानी रु. २७,१६,९८,२३३/- रहेको छ। समिक्षा अवधिमा संस्थाको कूल कारोबारमा १५.६०% ले वृद्धि भई रु. ३३,१६,२८, ८४९/- रहेको र कूल नाफा रु. १,९३,०५,२०४/- रहेको संस्थाले जनाएको छ।
संस्थाले आर्थिक वर्ष २०७९/०८० मा सदस्यहरुलाई १०% नगद लाभांश प्रदान गरेको छ।
The post विद्युतकर्मी बहुउद्देश्यीय सहकारीमा भोजराज ढुंगानाको अध्यक्षतामा नयाँ संचालक समितिको चयन first appeared on Khabar Breaking.
२४ चैत, काठमाडौं । विद्युतकर्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो अठारौं वार्षिक साधारणसभा सम्पन्न गर्दै नयाँ संचालक समितिको चयन गरेको छ। राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लको प्रमुख आतिथ्यमा आज सम्पन्न साधारणसभाले भोजराज ढुंगानाको अध्यक्षतामा आगामी ४ वर्षको कार्यकालको लागि नयाँ संचालक समितिको निर्वाचन सम्पन्न गरेको हो।
अध्यक्ष ढुंगानाका साथै उपाध्यक्ष शंकर बहादुर क्षेत्री , सचिवमा निपिन देव , कोषाध्यक्ष राजु प्रसाद तिमल्सिना , लेखा सुपरिवेक्षण समितिको संयोजकमा लीला बहादुर थापा लगायत सबै पदाधिकारी सर्वसम्मत चयन भएका हुन। संस्थाले चैत १३ गतेदेखि निर्वाचन प्रक्रिया शुरु गरेको थियो।
साधारणसभामा राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष …
The post विद्युतकर्मी बहुउद्देश्यीय सहकारीमा भोजराज ढुंगानाको अध्यक्षतामा नयाँ संचालक समितिको चयन first appeared on Khabar Breaking.
अर्थ
Khabar Breaking