KhabarBreaking.com: लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुन् : राष्ट्रपति पौडेल

२७ वैशाख , काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको  बताएका छन् । उनले देशको समग्र  विकासका लागि सुशासन र पारदर्शिता अपरिहार्य भएको बताएका छन्।

नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) ले आज  गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई  आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा  लिन सकिएको र सधैं  चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म भएको बताए ।

लेखापरीक्षकहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शीता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै उनले सम्बन्धित निकायलाई पारदर्शी र जवाफदेही बनाउन चार्टर्ड एकाउण्टेण्टको विषयमा ज्ञान भएका दक्ष व्यक्तिको आवश्यकता र भूमिका महत्वपूर्ण रहने बताए।

‘वैदेशिक सहायता प्राप्त गर्नको लागि पनि  देशको खर्च र हिसाब प्रणालीको पारदर्शीता आवश्यक छ, देशको आर्थिक विकास र राजस्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुन्छ, विकास निर्माणका ठूलो खर्चमा प्रयोग हुन सक्ने फर्जी बिल र राजस्व छलीको नियन्त्रण लेखापरीक्षणबाटै सम्भव हुन सक्दछ,’ उनले भने।

The post लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुन् : राष्ट्रपति पौडेल first appeared on Khabar Breaking.

 

२७ वैशाख , काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले न्यायोचित ढंगबाट कार्यसम्पादन गरिरहेका लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार रहेको  बताएका छन् । उनले देशको समग्र  विकासका लागि सुशासन र पारदर्शिता अपरिहार्य भएको बताएका छन्।
नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान) ले आज  गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले मुलुकभर सक्रिय लेखापरीक्षककै कारण भएका स्पष्ट हिसाबलाई  आर्थिक सुरक्षाको एउटा पाटोको रुपमा  लिन सकिएको र सधैं  चनाखो रहेर हिसाब मिलान गर्नु गराउनु नै लेखापरीक्षकको उच्चतम धर्म भएको बताए ।
लेखापरीक्षकहरुको सक्रियताको कारण मुलुकमा हुने आर्थिक क्रियाकलापमा पारदर्शीता कायम गर्न योगदान पुगेको विश्वास व्यक्त गर्दै उनले सम्बन्धित निकायलाई पारदर्शी र …
The post लेखापरीक्षकहरु राष्ट्रका आर्थिक पहरेदार हुन् : राष्ट्रपति पौडेल first appeared on Khabar Breaking. 

 

समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    १९ मंसिर , काठमाडौं  नेपालमा चिनिया लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा नेपाल…

    Read more

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    १९ मंसिर , काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी  वर्ल्डलिंकले आफ्ना २५ बर्षे दुवै (नेटवर्क सेवा प्रदायक र इन्टरनेट सेवा प्रदायक) लाइसेन्सहरु नवीकरण गरेको जानकारी दिएको छ।वर्ल्डलिंक विगत २९ वर्षदेखि…

    Read more

    You Missed

    नेपाल चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

    • By
    • December 4, 2024
    • 8 views

    वर्ल्डलिंकका लाइसेन्सहरुको नविकरण; गुणस्तरीय सेवाको प्रतिबद्धता

    • By
    • December 4, 2024
    • 8 views

    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 4, 2024
    • 2 views
    चन्द्रागिरि बचत तथा ऋण सहकारीमा शिवशंकर मानन्धरको अध्यक्षतामा नयाँ संचालक समिति

    आज स्वर सम्राट् नारायण गोपालको ३४औँ स्मृति दिवस

    • By
    • December 4, 2024
    • 8 views

    दुई वटा संसदीय समितिको बैठक बस्दै

    • By
    • December 4, 2024
    • 8 views

    राष्ट्रपति पौडेल अस्पताल भर्ना

    • By
    • December 4, 2024
    • 8 views