KhabarBreaking.com: रिभर फल्स पावरले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडले शेयरधनीहरुलाई सय प्रतिशत हकप्रद शेयर प्रदान गर्ने भएको छ। कम्पनीको बैशाख २० गते बिहिवार सम्पन्न सातौं र आठौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजी ७० करोडको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो।

कम्पनीका अध्यक्ष सुवास अमात्यको सभापतित्वमा सम्पन्न साधारणसभाले संचालक समितिको आ. व. २०७८/०७९ र २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु लगायत पनि सभाबाट पारित भए।

त्यस्तै , सभाले सर्वसाधारण शेयरधनिको तर्फबाट यज्ञ प्रसाद श्रेष्ठ र अनिल बन्जारालाई संचालक समितिमा निर्वाचित गरेको छ।

सभामा शेयर सदस्यहरुले राखेका प्रश्न र जिज्ञासाको कम्पनीका अध्यक्ष सुवास अमात्य र प्रवन्ध निर्देशक दिनेश गुरुङले जवाफ दिएका थिए। हाल डाउन पिलुवा खोला साना जलविद्युत आयोजनाको निर्माण सम्पन्न गरि यही साउन महिनाबाट उत्पादन शुरुवात गरेको यस कम्पनीले २४.६ मेगावाटको निर्माणाधिन माथिल्लो त्रिशुली -१ क्यास्केड जलविद्युत आयोजनामा पनि लगानी गरेको गरिरहेको जानकारी दिएको छ।

The post रिभर फल्स पावरले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने first appeared on Khabar Breaking.

 

काठमाडौं । रिभर फल्स पावर कम्पनी लिमिटेडले शेयरधनीहरुलाई सय प्रतिशत हकप्रद शेयर प्रदान गर्ने भएको छ। कम्पनीको बैशाख २० गते बिहिवार सम्पन्न सातौं र आठौं वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजी ७० करोडको १:१ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने संचालक समितिको प्रस्ताव पारित गरेको हो।
कम्पनीका अध्यक्ष सुवास अमात्यको सभापतित्वमा सम्पन्न साधारणसभाले संचालक समितिको आ. व. २०७८/०७९ र २०७९/०८० को वार्षिक प्रगति प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ। त्यस्तै , समीक्षा आर्थिक वर्षको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोही अवधिको वार्षिक वित्तीय विवरणसंग सम्वद्ध अनुसूचीहरु लगायत …
The post रिभर फल्स पावरले सय प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    तोलामा ११ सयले बढ्यो सुन

      ८ माघ, काठमाडौं । आज सुनचाँदीको मूल्य नेपाली बजारमा बढेको छ। आज छापावाल सुन लामा १ हजार १०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मूल्यवृद्धिसँगै आज छापावाल…

    Read more

    नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छः प्रधानमन्त्री ओली

    ८ माघ, काठमाडौं । डोनाल्ड ट्रम्पलाई अमेरिकाको ४७औं राष्ट्रपति पद सम्हालेकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले बधाइ दिनु भएको छ । उहाँले सोमबार राति ट्विटरमार्फत ट्रम्पलाई सफल कार्यकालका लागि शुभकामना दिनु…

    Read more

    You Missed

    तोलामा ११ सयले बढ्यो सुन

    नेपाल र अमेरिकाबीच ७५ वर्षभन्दा लामो मैत्रीपूर्ण सम्बन्ध रहेको छः प्रधानमन्त्री ओली

    जसपा नेपालले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

    एमालेले बोलायो सचिवालय बैठक

    संघीय शिक्षा ऐनको माग गर्दै युवाहरुले गरे काठमाडौंमा सार्वजनिक खबरदारी

    संघीय शिक्षा ऐनको माग गर्दै युवाहरुले गरे काठमाडौंमा सार्वजनिक खबरदारी

    Profile and Interviews: Teaching my cow a funny new trick!