KhabarBreaking.com: राष्ट्र बैंकद्वारा मोबाइल र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबारको सीमा निर्धारण

२ बैशाख , काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा तोकेको छ । केहि दिन पहिले एक सूचना जारी गर्दै केन्द्रीय बैंकले मोबाइल एप्लिकेशन र इन्टरनेट बैंकिङद्वारा गरिने कारोबार रकमको सीमा तोकेको हो ।

नेपाल राष्ट्र बैंकका अनु्सार मोबाइल एप्लिकेशन (क्युआर कोड समेत) बाट प्रतिदिन ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङकाट प्रतिदिन २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने छ ।

तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित कार्यालयमा भुक्तानी गर्नुपर्ने कर, राजस्व, जरिवाना, सवारी दस्तुर, रजिष्ट्रेशन र सेवा शुल्क जस्ता विविध शुल्कहरू भुक्तानी गर्न उक्त सीमाले बाधा नपर्ने राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी विद्युत सेवा, दूरसञ्चार सेवा, खानेपानी सेवा, बीमा प्रिमियम, सामाजिक सुरक्षा भत्ताको रकमको भुक्तानी गर्न, धितोपत्र व्यवसाय गर्न अनुमतिपत्रप्राप्त धितोपत्र दलालहरूसँग धितोपत्रको कारोबार गरेबापत तोकिएको बैंक खातामा रकम भुक्तानी गर्न र राष्ट्र बैंकबाट अनुमतिप्राप्त तोकिए बमोजिमका विशेष भुक्तानी सेवाका लागि यो सीमा लागु नहुने समेत बैंकले जनाएको छ ।

The post राष्ट्र बैंकद्वारा मोबाइल र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबारको सीमा निर्धारण first appeared on Khabar Breaking.

 

२ बैशाख , काठमाडौं । नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबार रकमको सीमा तोकेको छ । केहि दिन पहिले एक सूचना जारी गर्दै केन्द्रीय बैंकले मोबाइल एप्लिकेशन र इन्टरनेट बैंकिङद्वारा गरिने कारोबार रकमको सीमा तोकेको हो ।
नेपाल राष्ट्र बैंकका अनु्सार मोबाइल एप्लिकेशन (क्युआर कोड समेत) बाट प्रतिदिन ३ लाख रुपैयाँ र इन्टरनेट बैंकिङकाट प्रतिदिन २० लाख रुपैयाँसम्म कारोबार गर्न सकिने छ ।
तर, कुनै व्यक्तिको नाममा बैंक तथा वित्तीय संस्थामा रहेको एउटा खाताबाट सोही व्यक्तिको नाममा सोही संस्थामा रहेको अर्को खातामा रकमान्तर गर्न, नेपाल सरकारको सम्बन्धित …
The post राष्ट्र बैंकद्वारा मोबाइल र इन्टरनेट बैंकिङमार्फत गर्न सकिने कारोबारको सीमा निर्धारण first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुने निर्वाचनमा अध्यक्षमा ध्रुव अधिकारीले समुहगत रूपमा उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी अधिकारीले आफु पार्टीगत रूपमा नभई समग्र ठमेललाई…

    Read more

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    ३० असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । ओली चौथोपटक…

    Read more

    You Missed

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    • By
    • July 14, 2024
    • 14 views

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    • By
    • July 14, 2024
    • 14 views

    ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

    • By
    • July 14, 2024
    • 14 views

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    • By
    • July 14, 2024
    • 14 views
    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    अण्डाको मूल्य बढ्यो

    • By
    • July 12, 2024
    • 19 views

    एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना

    • By
    • July 12, 2024
    • 16 views