KhabarBreaking.com: राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु

२५ बैशाख,काठमाडौं ।नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी ९ टिमका ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पहिलो दिन पुरुष ७० केजीमा आर्मीका विकास गुरुङ, आईकेओका अमित महर्जन, एपीएफका अजय तामाङ, क्योकुसिन वज्रका विशाल सुनुवार, केडब्लुडब्लुका सरोज श्रेष्ठ, क्योकुसिन कानका रविन्द्र बुढाथोकी, सो क्योकुसिनका सागर श्रेष्ठ र एपीएफका पेम्बा छिरिङ तामाङ क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
पुरुष ५० केजीमा एपीएफका सुनिल तामाङ, क्योकुसिन वज्रका विज्ञान तोलङगे, आईकेकेएफका सुशिल अधिकारी, आईकेओका दिपेन्द्र रोकाय, क्योकुसिन वज्रका हेमन्त बस्नेत, आईकेएका अनिल लोहार, आईकेकेएफका सुजन तामाङ र क्योकुसिन वज्रका सुसन लामा क्वाटरफाइनलमा पुगे ।
महिला खुलामा आर्मीकी अनुपा नेपाली, एपीएफ रिना माझी, क्योकुसिन वज्रकी गायत्री रोका, एपीएफकी सुमित्रा आले, एपीएफकी अनिशा तामाङ, आर्मीकी सपना आले, आर्मीकी अप्सरा कुमाल र क्योकुसिन बुदोकी कविता मोक्तान क्वाटरफाइनलमा स्थान बनाउन सफल रहे ।
पुरुष÷महिला दुवैको हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेलाई क्रमशः १० हजार, ५ हजार र २ हजार ५ सय नगद पुरस्कार प्राप्त गर्ने छन् । चौथो हुने खेलाडीलाई पनि नगद पुरस्कार दिइने छ । प्रतियोगिता मंगलबार सम्पन्न हुनेछ ।

The post राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु first appeared on Khabar Breaking.

 

२५ बैशाख,काठमाडौं ।नेपाल क्योकुसिन कराते डो संघ वज्रको आयोजनामा १८ औं राष्ट्रिय पुरुष तौलसमूह तथा १७ औं राष्ट्रिय महिला खुला फुल कन्ट्याक्ट कराते प्रतियोगिता सोमबारदेखि सुरु भएको छ ।
प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । प्रतियोगितामा सात प्रदेश, नेपाल आर्मी र एपीएफ गरी ९ टिमका ८० खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ । पुरुषमा ४ र महिलामा १ गरी ५ स्पर्धामा प्रतिस्पर्धा भइरहेको आयोजक वज्रका अध्यक्ष जगतप्रसाद गौचनले जनाएका छन् ।
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा पहिलो दिन पुरुष ७० केजीमा आर्मीका विकास गुरुङ, आईकेओका अमित …
The post राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु first appeared on Khabar Breaking. 

 

खेलकुद, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

    ४ असोज, काठमाडौं । नेपालको पहिलो तथा लोकप्रिय फुड डेलिभरी कम्पनी फुडमान्डुले नेपालीहरुको महान चाड विजयादशमीको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हफ्ता चल्ने…

    Read more

    एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

    ३ असोज, काठमाडौँ । एनआइएमबि एस क्यापिटलले आफ्नो पहिलो ‘इन्भेस्टर्स सर्कल’ सफलतापूर्वक सम्पन्न गरेको छ । हिल्टन काठमाडौंमा सम्पन्न उक्त कार्यक्रममा विभिन्न बैंक तथा बीमा कम्पनीहरूका प्रमुख कार्यकारी निर्देशकहरूलगायत अन्य…

    Read more

    You Missed

    Profile and Interviews: Orange juice popsicle #icecream #homemade #popsicle #shorts @Itsmuntahakhanam

    फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

    • By
    • September 20, 2024
    • 8 views

    एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

    • By
    • September 19, 2024
    • 13 views

    स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत

    • By
    • September 19, 2024
    • 15 views

    पोखरामा भलिबल प्रतियोगता हुँदै, विजेतालाई १ लाख ३० हजार

    • By
    • September 19, 2024
    • 15 views

    गणेशमान सिंहको २७औँ स्मृति दिवस मनाइँदै

    • By
    • September 18, 2024
    • 13 views