भक्त केसी
खबरब्रेकिंग,काठमाडौं, चैत ३०। नेपाली राजनीतिज्ञहरु , काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, सबै नेता बिग्रिए अब जाग जनता, नेतामा सपना देख्ने क्षमता चाहिन्छ । परजीवी रोगहरु भएका आन्द्राका परजीवी रोगहरू लिएका मानिसको संक्रमण रहदा सम्म भिजन मिसन नभा नेतृत्वले राष्ट्र निर्माण गर्नु सक्दैनन् , थरि थरिका जुका, मुसा ,धमिरा ले हाम्रो लक्ष्य, संगठनात्मक संरचना , संचालन , व्यवस्थापकीय समूह, निर्माण गर्नु सकेनन् , नेपाली नागरिक को बारेमा नसोच्ने उद्देश्य बिहिन छन् , जस्तै , नागरिक वडापत्र अनुकुलका काम कर्तब्य कर्मचारी अनुसासन ,पछिल्ला विचाराधीन र परियोजनाहरू, वित्तीय व्यवस्थापन, लक्ष्य स्पस्ट न भएकोले विकास परियोजना र सम्पूर्ण नेपालका समस्याहरु को रणनीति, कार्यनीति, कार्यक्रम के हुदैछ रु कुनै नेताले भन्न सक्दैन, कस्तो संरचना नेपाली राजनीतिको , सबै गम्भीर दुर्घटनाहरू हटाउने योजना के छ ? राजनितिक पार्टि र सरकार सँग , वार्षिक लक्ष्य र उद्देश्यहरूलाई परिष्कृत र विस्तार कार्यक्रम के छ ? अब नागरिक राष्ट्रघात, भ्रष्टाचार, धर्मपरिवर्तन र कुशासनको विरुद्ध एकजुट हौं , नेताहरु आन्दोलन गर्न सिपालु भए तर भिजन र मिसनको कमि भयो, गन्तव्यतर्फ अगाडि बढ्ने सोच अर्थात मिशन भिजन, समग्र लक्ष, विषयगत ब्यबस्थापन , दूरदृष्टि, पाँचवर्षको लक्ष्य, दिर्घकालिन परियोजना नागरिक को जानकारीको लागि के छ ? बढ्दो लागत, मुद्रास्फीति, मुल्य बृदि ,बढ्दो बजार मूल्यले नेपालीहरूको जीवनयापनको लागत पनि बढाएको छ। उपभोक्ता मूल्य अघिल्लो वर्षको तुलनामा यो वर्ष पाच प्रतिशतले बढेको पाइन्छ। नेपाली नगरिक्को क्रयशक्ति घटी सक्यो राजनीतिक नेता कार्य कर्ताको लागि फरक परेको छैन। अधिकाम्स नेपाली नागरिक को जीवनयापनको कस्टकर भएको छ।
तस्करी तथा सबै प्रकारका अपराध नियन्त्रण कार्य योजना तर्जुमा र कार्यान्वन गर्ने । सार्वजनिक स्थानमा अवाञ्छनीय व्यवहारको रोकथाम, गर्ने ठाउमा युवा नेता आगमन सगै नेपाली नागरिकलाई धेरै आस जागेको छ। राजनीति परिवर्तन सगै सुरक्षाविना शान्ति र शान्तिविना दिगो विकासको कल्पना गर्न सकिन्न । आज सुरक्षा भन्ने कुरा बहुआयामिक एवं बहुक्षेत्रगत विषय पछिल्लो चरणमा वित्तीय तथा आर्थिक क्षेत्रसँग जोडिएका विभिन्न समूह संग न्याय हुन सकेन , पिडित पिडित नै छन्। राजनीतिक धेरै परिवर्तन भएपनि नेपाल र नेपालीको अवस्था जस्ताको तस्तै छ ।राजनीति सुकिलो हुनुपर्नेमा फोहरी बन्यो । नेताहरू निर्लोभी हुनुपर्नेमा लोभी भए । लोभी पनि औधी लोभी । नेता राजनीतिक कार्यकर्ता र जनताका लागि नभएर आफ्नो परिवारका सात पुस्ता लागि भए। न त राजनीतिक स्थायित्व कायम भयो, विकास, आर्थिक समृद्धि र नागरिकका जनजीविकासँग जोडिएका कुरामा महसुस गर्ने गरी परिवर्तन नभए पछि पनि राजनीतिमा यीनैको मुख हेरेर बस्नु पर्ने कस्तो बिडम्बना हो ?
दया, धर्म, नैतिकता, सहयोग अडान प्रदान गर्ने परम्परा सकियो , लुट्ने ठग्ने को जगजगी छ। राजनीतिक परिवर्तन, विकास र सुशासनबीच विरोधाभासपछाडिको मूल कारण राजनीतिक नेतृत्वको प्रवृत्ति र संस्कारमा देखिएको गम्भीर त्रुटी हो। २००७ सालमा जहानियाँ राणा शासनको अन्त्य भयो,यो परिवर्तनलाई क्रान्ति पनि भनियो।००७ देखि अहिले सम्म अनेकन सरकार परिवर्तन भए , नेपाली नागरिक ले के पाय , केहि राजनीति पार्टीका भ्रस्ट नेता धनि हुन् पुगे , सिकेको चै पैला जे थियो तेही नै रहेछ , मुखले राम राम बगलीमा छुरा , नेपालको राजनीति क्षेत्र झन्झन् फोहरी बन्दै गइरहेको र राजनीति वातावरण प्रणालीगत दोषको सिकार भइरहेकाले नेपाली नागरिकको अवस्था झन् झन् बिग्रिदो छ। राजनीतिक अबस्था फितलो हुनाले दिक्क भएका युवाहरु आफूले राज्यबाट पाउने हक, अधिकार त लिन खोज्छन् तर राज्यप्रति आफूले निभाउने जिम्मेबारी पाउदैनन। देशको चिन्ता र चासो छदा छदै बिदेशिनु पर्ने बाध्यात्मक परिस्थिति सिर्जना हुन्छ। राजनीति परिवर्तन भयो तर समाजको समृद्धि र आर्थिक विकास भएन।
The post राजनीतिमा यीनैको मुख हेरेर बस्नु पर्ने कस्तो बिडम्बना हो ? first appeared on Khabar Breaking.
भक्त केसी
खबरब्रेकिंग,काठमाडौं, चैत ३०। नेपाली राजनीतिज्ञहरु , काला, गोरा, ध्वाँसे, छिर्बिरे, फ्याँते, फोक्से, चुच्चे, सबै नेता बिग्रिए अब जाग जनता, नेतामा सपना देख्ने क्षमता चाहिन्छ । परजीवी रोगहरु भएका आन्द्राका परजीवी रोगहरू लिएका मानिसको संक्रमण रहदा सम्म भिजन मिसन नभा नेतृत्वले राष्ट्र निर्माण गर्नु सक्दैनन् , थरि थरिका जुका, मुसा ,धमिरा ले हाम्रो लक्ष्य, संगठनात्मक संरचना , संचालन , व्यवस्थापकीय समूह, निर्माण गर्नु सकेनन् , नेपाली नागरिक को बारेमा नसोच्ने उद्देश्य बिहिन छन् , जस्तै , नागरिक वडापत्र …
The post राजनीतिमा यीनैको मुख हेरेर बस्नु पर्ने कस्तो बिडम्बना हो ? first appeared on Khabar Breaking.
देश, विचार, समाचार
Khabar Breaking