Skip to content
LogoMakerCa 1643171598740

AMERICA KHABAR

प्रवासी नेपालीको खबर, क्यालिफोर्नियाबाट

  • America
    • Home
      • Contact Us
      • About Us
      • America Khabar Privacy Policy
      • Affiliate Disclosure
  • Nepali News
  • Business
  • Culture and Society
  • Immigration
  • Toggle search form
image AMERICA KHABAR January 28, 2025
  • basanta shrawa 18 jeRFUW9HiN 300x185 CG0IqU AMERICA KHABAR February 3, 2025
    वसन्त पञ्चमीका अवसरमा रास्ट्रपतिद्वारा वसन्त श्रवण Breaking News
  • #jhanjhanramri #musicnepal #shorts Breaking News
  • रोपाइँमा रमाए द रोलिङ स्टोनका विद्यार्थी (फोटो फिचर) Breaking News
  • What Happens to Your Body If You Don’t Stretch
    English News: What Happens to Your Body If You Don’t Stretch Breaking News
  • ५ प्रतिशतभन्दा बढी आर्थिक वृद्धिदर हासिल गर्न आन्तरिक ऋण लिनु अपरिहार्य Breaking News
  • अध्यक्ष ओलीले गरेका निर्णयमा सन्तुष्ट छौंः नेता रायमाझी Breaking News
  • आज अन्तराष्ट्रिय श्रम दिवस Breaking News
  • Bachnu Nai Chha Yadi Bhane – Prakash Shrestha | Nepali Song Breaking News

KhabarBreaking.com: “मेक इन नेपाल–स्वदेशी सम्मेलन” ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न

Posted on May 8, 2024 By

​

२६ बैशाख , काठमाडौं ।  तेस्रो संस्करणको “मेक इन नेपाल–स्वदेशी सम्मेलन”बाट ३५ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार(२५ बैशाख ) सम्पन्न भएको छ।

नेपाल उद्योग परिसंघले   नेपाल सरकारसँगको सहकार्य गरेको सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि र सबल अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने गरी घोषणापत्र जारी गरिएको परिसंघले जनाएको छ।

 नेपालमै प्रतिस्पर्धी बजार विस्तार गर्नुका साथै  उत्पादन र उपभोग बढाउने उद्देश्यले परिसंघले तीन वर्षअघि यो अभियान सुरू गरेको थियो।

वार्षिक एक हजार उद्योग स्थापना गर्ने, अर्थतन्त्रको आकारमा उत्पादनमूलक उद्योगको हिस्सा २५ प्रतिशत पुर्‍याउने, आगामी पाँच वर्षभित्र ४ अर्ब ६ करोड अमेरिकी डलर बराबरको निर्यात पुर्‍याउने लक्ष्य यो कार्यक्रमबाट राखिएको थियो।

तर, उत्पादन र उपभोग नबढेको तथा अर्थतन्त्रको हिस्सा घट्दो देखिएको भन्दै अर्थतन्त्र सुधारको लागि धेरै काम गर्नुपर्ने सरोकारवालाहरूले बताएका छन्।

परिसंघले मंगलबार तेस्रो सम्मेलनका क्रममा उठेका विषयवस्तुहरू समेटेर ३५ बुँदे घोषणापत्र जारी गरेको जनाएको छ।

यस्तो घोषणापत्र परिसंघले अर्थमन्त्री वर्षमान पुनलाई बुझाएको छ। अर्थमन्त्री वर्षमान पुनले स्वदेशी सम्मेलनमा भएका छलफलबाट आएका महत्त्वपूर्ण सुझावहरू अधिकतम बजेटमा समेट्ने बताएका छन्।

यस्ता छन् घोषणाहरू:

स्वदेशी वस्तु उत्पादन बढाउन र औद्योगिक नीतिलाई प्रवर्द्धन गर्न उद्योगधन्दालाई चाहिने कच्चा पदार्थको सहज आपूर्ति हुनुपर्ने। तयारी वस्तु तथा कच्चा पदार्थको भन्सार दरमा कम्तीमा २ तहको फरक गरिनु पर्ने।

कृषिको डेडिकेटेड काम गर्ने वित्तीय संस्थाका रूपमा कृषि विकास बैंक भएजस्तै उद्योग क्षेत्रका लागि आवश्यक वित्तीय पहुँच बढाउन एक विशिष्टीकृत वित्तीय संस्था चाहिने।

राज्यको खर्च कम गर्ने र राजस्वका दिगो स्रोतहरू खोज्नुपर्ने।

बोर्डर प्राइस इक्वलाइजेसन स्ट्राटेजीमा जोड दिइनुपर्ने।

नेपाल सरकार तथा सरकारी निकायले उपहार दिँदा स्वदेशी वस्तु मात्र प्रयोग गर्नुपर्ने प्रावधान बनाउनु पर्ने।

स्वदेशी वस्तुको पहिचानका लागि नेपाल सरकारद्वारा एक ‘स्वदेशी वस्तु पहिचान पोर्टल’ निर्माण गरिनु पर्ने। नेपाल सरकारले गर्ने खरिदमा सो पोर्टलमा सूचीकृत भएसम्म स्वदेशी वस्तु नै खरिद गर्नुपर्ने कानुनी व्यवस्था गरिनु पर्ने।

यसका लागि परिसंघले निर्माण गरेको स्वदेशी समेत उपयोग गर्न सक्ने।

मेक इन नेपाल स्वदेशी अभियान सफल पार्नको लागि सरकारी सहयोगको दायरा थप फराकिलो बनाइ यस अभियानलाई एक राष्ट्रिय अभियानका रूपमा प्रभावकारी बनाइनु पर्ने।

नेपालको दिगो आर्थिक विकासका लागि अर्थतन्त्रमा औद्योगिक क्षेत्रको योगदान वृद्धि हुने गरी औद्योगिक विकासका लागि वातावरण तयार पारिनुपर्ने।

एकल विन्दु सेवा केन्द्रलाई प्रभावकारी रूपमा सञ्चालन गर्न छुट्टै कार्यादेश (टिओआर) बनाइ कार्यान्वयन गरिनु पर्ने।

औद्योगिक क्षेत्र विकासका लागि एकीकृत नीति तयार गरिनु पर्ने।

आगामी आर्थिक वर्षको बजेटमा औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण प्रक्रिया अघि बढाउनु पर्ने।

विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्र, औद्योगिक ग्राम, औद्योगिक पार्क तथा औद्योगिक कोरिडोरलगायतका क्षेत्रमा पूर्वाधार निर्माण गरिनुपर्ने।

राजनीतिक अस्थिरताको अन्त्य तथा सरकार परिवर्तन हुँदा पनि नीतिगत निरन्तरता दिइनु पर्ने। सरकार फेरिँदा सरकारले अवलम्बन गरेका दीर्घकालीन नीति फेरिन नहुने।

नेपाल आत्मनिर्भर भइसकेका वस्तु आयात व्यवस्थापन गर्न सरकारले हस्तक्षेप गर्नुपर्ने।

तुलनात्मक लाभ र प्रतिस्पर्धाका क्षेत्र पहिचान गरी त्यस्ता वस्तुको उत्पादन बढाएर निर्यात प्रवर्द्धन गर्नुपर्ने।

आर्थिक कसुरमा धरपकड वा थुनछेक गर्दा उद्योगी व्यवसायीको प्रतिष्ठामा आँच पुग्ने भएकाले फौजदारी अभियोग भन्दा पनि जरिवानालगायतका विषयलाई उपयोग गर्नुपर्ने। फौजदारी कानुन अनुसार कारबाही अघि बढाउँदा औद्योगिक तथा लगानीको वातावरण संकुचित हुने भएकोले उद्योग तथा व्यवसायिक क्षेत्रलाई नियमन गर्न छुट्टै ऐनको व्यवस्था गर्नुपर्ने।

दोषी प्रमाणित नभएसम्म उद्योगी व्यवसायीलाई पक्राउ नगर्ने व्यवस्था गर्नुपर्ने। राज्यले अन्तिम कानुनको रूपमा मात्रै फौजदारी कानुन आकर्षित हुने व्यवस्था कायम गर्नुपर्ने।

व्यावसायिक तथा कर्पोरेट क्षेत्रको मुद्दालाई मध्यस्थताको माध्यमबाट समाधान गर्ने व्यवस्थालाई प्राथमिकतामा राखिनु पर्ने।

न तथा कानुनहरू निर्माण गर्दा निजी क्षेत्रसँगको सहकार्यमा गरिनु पर्ने। पुराना कानुनहरूको संशोधन गरी समयसापेक्ष बनाइनुपर्ने। केही कानुनहरू खारेज, पुनर्लेखन तथा आवश्यक नयाँ कानुनहरू निर्माण गर्नुपर्ने।

उद्योग दर्ता प्रक्रिया सहज र छरितो हुनुपर्ने, धेरै वटा निकायमा धाउनुपर्ने प्रशासनिक झन्झटको अन्त्य र धेरै वटा नियामकीय निकायले नियमन गर्ने अवस्थाको अन्त्य गरिनुपर्ने।

नेपालले गरेका व्यापार एवं लगानीसँग सम्बन्धित द्विपक्षीय तथा बहुपक्षीय सन्धि सम्झौताको समयसापेक्ष पुनरावलोकन गरिनुपर्ने।

कानुनमा स्पष्टता ल्याएर कर्मचारीको तजबिजी अधिकार हटाइनुपर्ने।

सहज लगानी वातावरण निर्माणसँगै लगानीको सुरक्षा र सहज रूपमा प्रतिफल फिर्ता लैजान पाउने व्यवस्था गरिनु पर्ने।

जग्गाको हदबन्दीसम्बन्धी व्यवस्थालाई पुनरावलोकन गरिनु पर्ने।

नेपाल सरकारबाट बजेटको कार्यान्वयनको अवस्थाका बारेमा त्रैमासिक रूपमा समीक्षा गरी विवरण सार्वजनिक गरिनुपर्ने।

बजेटको प्रभावकारी कार्यान्वयन सुनिश्चितताको लागि मुख्य सचिवको अध्यक्षतामा गठित समितिलाई थप प्रभावकारी बनाउनु पर्ने।

पुँजीगत खर्चको प्रभावकारी कार्यान्वयन गर्न सुशासन र अन्तर सरकारी निकायबीच प्रभावकारी समन्वय मिलाइनु पर्ने।

खर्च बढाउन विद्यमान सार्वजनिक खरिद ऐनलाई समय सापेक्ष सुधार गरिनु पर्ने।

तयारी भएका परियोजनाहरूलाई मात्र बजेटले सम्बोधन गर्ने वा ठेक्का लगाउने व्यवस्था कायम गरिनु पर्ने।

बजेटको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्थिरता कायम गर्न आर्थिक समृद्धि तथा औद्योगिक विकासका विषयहरूमा प्रमुख राजनैतिक दलहरूबीच समान अवधारणा बनाइनु पर्ने।

The post “मेक इन नेपाल–स्वदेशी सम्मेलन” ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न first appeared on Khabar Breaking.

 

२६ बैशाख , काठमाडौं ।  तेस्रो संस्करणको “मेक इन नेपाल–स्वदेशी सम्मेलन”बाट ३५ बुँदे घोषणापत्र जारी गर्दै मंगलबार(२५ बैशाख ) सम्पन्न भएको छ।
नेपाल उद्योग परिसंघले   नेपाल सरकारसँगको सहकार्य गरेको सम्मेलनबाट स्वदेशी उत्पादन वृद्धि र सबल अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने गरी घोषणापत्र जारी गरिएको परिसंघले जनाएको छ।
 नेपालमै प्रतिस्पर्धी बजार विस्तार गर्नुका साथै  उत्पादन र उपभोग बढाउने उद्देश्यले परिसंघले तीन वर्षअघि यो अभियान सुरू गरेको थियो।
वार्षिक एक हजार उद्योग स्थापना गर्ने, अर्थतन्त्रको आकारमा उत्पादनमूलक उद्योगको हिस्सा २५ प्रतिशत पुर्‍याउने, आगामी पाँच वर्षभित्र ४ अर्ब ६ करोड अमेरिकी डलर बराबरको निर्यात पुर्‍याउने लक्ष्य …
The post “मेक इन नेपाल–स्वदेशी सम्मेलन” ३५ बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न first appeared on Khabar Breaking. 

 

अर्थ 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

Breaking News

Post navigation

Previous Post: KhabarBreaking.com: राष्ट्रिय फुल कन्ट्याक्ट कराते सुरु
Next Post: KhabarBreaking.com: सुहाङ नेम्वाङले लिए प्रतिनिधिसभा सदस्यको शपथ

Related Posts

  • चिनियाँ नेता सियाओ जी काठमाडौँमा Breaking News
  • प्रधानमन्त्री देउवा, प्रचण्ड र ओलीबीच भेटवार्ता हुने समय तोकियो Breaking News
  • किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित
    KhabarBreaking.com: किसान लघुवित्तको जाल्पा सामुदायिकसंग मर्जरको प्रस्ताव पारित Breaking News
  • वर्षाका कारण काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापनमा पुनः समस्या फोहर व्यवस्थापनमा समस्या Breaking News
  • गीता अधिकारीको आलेखसंग्रह ‘मेरा कलमका डोबहरू’ लोकार्पण Breaking News
  • #ajhari #amritalimbu #newsong #femaleversion Breaking News

Recent Posts

  • अब वर्षायामको समयमा पनि मेलम्चीको पानी निरन्तर रुपमा काठमाडौँमा बितरण हुने छः खानेपानीमन्त्री
  • भरत बस्नेत: नेपाली पर्यटनको मौलिक अभियन्ता
  • बिदेशबाट फर्केर माटोमा मोहः बिनोद पौडेलको च्याउ क्रान्ति
  • फर्स्ट च्वाइस फुड्स प्रालिले नेपालमा नै संचालनमा ल्यायो फ्रेन्च फ्राइज उत्पादन गर्ने उद्योग
  • नेशनल लाइफ इन्स्योरेन्सको १५% लाभांश पारित ; संचालक समितिको निर्वाचन सम्पन्न
  • Profile and Interviews: ¿Tu Mamá también es así? 😥☠️ #shorts
  • ‘छिमेकी देशका किसानले सहुलियत पाउँदै, हाम्रो देशका किसानलाई नुन चुक लाउँदै’: मातृभूमि पार्टी
  • Profile and Interviews: Me vs Mom
  • Profile and Interviews: magic challenges with @xavier_mortimer
  • सुनचाँदी तथा आभुषणमा २% बिलासिता कर र १३% मूल्य अभिवृद्धि कर असार मसान्तसम्ममा खारेज गर्न व्यवसायीको माग
  • नेपालमा एमसीसी परियोजना अगाडि बढ्ने संकेत
  • दुई बुँदे सहमति र उत्पन्न बिवाद
  • महानगर यातायात प्रा.लि.को नाममा उस्तै किसिमका बसहरु संचालन भएकामा कम्पनीको आपत्ति
  • ओझेलमा परे परिवर्तनलाई सम्भव बनाउने हातहरू
  • वसन्त चौधरीको पहिलो आख्यान ‘देवयानी’ को लोकार्पण सम्पन्न
  • Profile and Interviews: O jijji 😃 #family #funny #trending #thehrafamily
  • कांग्रेस सभापति देउवा सहित शीर्ष नेताहरू बालुवाटारमा
  • Profile and Interviews: 😳Magical👩‍🏫Teacher🪄stik 🧐||vishvi 04||#trending #comedy #funny #youtubeshorts
  • Profile and Interviews: Tom 🍓 Jerry (Nandu&Ammu)Real End Twist😍🎈#v5familyshow #shorts #viralvideo
  • Profile and Interviews: Ande Ka Fanda 😂 | Maa vs Beti – Part 61 | Shruti Shorts | #comedyshorts #comedy #maa

  • About
  • Affiliate Disclosure
  • America Khabar Privacy Policy
  • Blog
  • Contact
  • Home
  • MCC Nepal

Categories

  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
  • फुट उन्मुख जसपा केन्द्रीय कार्यसमितिको बैठक वीरगन्जमा बस्ने Breaking News
  • पर्यटन प्रवद्र्धनमा खेलकुदको महत्वपूर्ण भूमिका Breaking News
  • amerika khabar bold 2
    अध्यादेश आयो, रेल चलाउन अब बजेटको पर्खाइ Breaking News
  • पाँच स्थानमा सुरुङ मार्ग निर्माणका लागि प्रक्रिया सुरु Breaking News
  • सरकारलाई जबाफदेही हुन सभामुख घिमिरेको रुलिङ Breaking News
  • Aaye Ma Ta | Raju Bhatta | Mamata Gurung | Releasing Today @love5pm Breaking News
  • केयु योग साधना केन्द्रको १३ औँ बार्षिकोत्सव सम्पन्न Breaking News
  • Profile and Interviews: Anaya Ke Jaise Aap Bhi Apne Papa Ki Care Karte Ho Kya 🥹😊 profile-and-interviews
  • maxresdefault 3
    Ravi Lamichhane केही बिशेष जानकारी Breaking News
  • आखिर के हो मुलुक नबन्नुको कारण ? Breaking News
  • MAYA BASYO TIMISANGA | PARASTRI | NEW MOVIE SONG 2023 | SHILPA | GAURAV Breaking News
  • #panpatemutu #melinarai #babulgiri #sanishabhattarai #newsong Breaking News
  • प्रतिनिधिसभा बैठकलाई प्रचण्डले सम्बोधन गर्ने Breaking News
  • americakhabarskyline
    KhabarBreaking.com: विवेक साहको अध्यक्षतामा ८५ सदस्यीय केन्द्रीय कमिटी पुनर्गठन Breaking News
  • नेपाली बजारमा नक्कली नोटको बिगबिगी, कारोबारी गिरोहको खोजी Breaking News
  • America
  • Breaking News
  • Business
  • Culture and Society
  • Immigration
  • profile-and-interviews
americakhabarskyline
americakhabarskyline

Copyright © 2025 AMERICA KHABAR.

Powered by PressBook News WordPress theme