KhabarBreaking.com: बारपाकमा आज सार्वजनिक बिदा
१२ वैशाख, काठमाडौं। गोरखाको बार पाक सुलीकोट गाउँपालिकाले आज सार्वजनिक बिदा दिइएको छ। गाउँ कार्यपालिकाको मंगलवार बसेको बैठकले आज वैशाख १२ गते बिदा दिने निर्णय गरेको हो।
२०७२ साल वैशाख १२ गते विनाशकारी भूकम्पले गोरखाको बारपाकमा ७.६ म्यागनीच्युडको भूकम्पमा परी दिवङ्गत भएका नागरिकहरूको सम्मान तथा सम्झनामा आज बिदा दिएको गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले जनाएका छन्।
गाउँ कार्यपालिका बैठकले बार पाक सुलीकोट गाउँपालिका भित्रका सरकारी कार्यालय, गैरसरकारी कार्यालय विद्यालय तथा बैङ्क तथा वित्तीय संस्थाहरूमा बिदा दिने निर्णय गरेको गाउँपालिकाका अध्यक्षद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।
The post बारपाकमा आज सार्वजनिक बिदा first appeared on Khabar Breaking.

देश, मुख्य समाचार, समाचार
Khabar Breaking