KhabarBreaking.com: फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै

३ जेठ, काठमाडौँ । नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्धन गर्ने उदेश्यले अमेरिकाको अलास्कामा पहिलो पटक “सात महादेशिय पर्वतीय खाना महोत्सव २०२४” हुने भएको छ ।

सगरमाथा दिवश मे २९ तारिखको अबसरमा अलास्काको एन्करेजमा रहेको मण्डला रेष्टुरेण्टमा सो कार्यक्रम हुन लागेको हो । विहान ११ः३० बजेदेखि दिउसो २ बजेसम्म सो खाना महोत्सव हुनेछ । ‘सातै महादेशमा नेपाली खाना, हामी सबैको चाहना’ भन्ने अभियानका साथ ग्यास्ट्रोनोमि टुरिजम एसोसियसन अफ नेपाल र यात्रा ग्रुप्स न्यूयोर्ककको संयुक्त आयोजनामा सो महोत्सव हुन लागेको हो । पर्वतीय क्षेत्रका परिकार ढेडो, गुन्दुक, मःम , शेर्पा समुदायमा प्रख्यात थेन्दूक रिल्दोक, नून चिया, नेपाली थालीलगायतका खाना सो महोत्सवमा प्रदर्शन गरिने छ ।

अमेरिकाका भर्जिनिया राज्यका कहलिएका रेण्टुरेण्ट व्यबसाय एवं क्लुनरी आर्टिस्ट राम थापा र प्रख्यात फूड गुरु सुरेन्द्र चन्द्र बस्नेतले बनाएका परिकार डेनाली हिमाल आरोहणमा जाने आरोहीसंगै स्थानीय आन्तरिक र बाह्य पर्यटकले खान पाउनेछन् ।

डेनाली हिमाल चढ्न जानेहरुको लागि नाम्चे बजारजस्तै मानिने एन्करेजमा पहिलो पटक यस्ता नेपाली परिकारको स्वाद पर्यटकले पाउन लागेको कार्यक्रम संयोजक सुरेश बस्नतेले बताए ।

अमेरिकाको सबैभन्दा अग्लो हिमाल डेनाली रहेको अलास्का क्षेत्रबाट यो अभियान शुरु गरिएको महोत्सवका संयोजक सुरेश बस्नेतले बताए । त्यसपछि, एशियामा रहेको बिश्वको सबैभन्दा अग्लो सगरमाथासंगै सात महादेशको उच्च शिखरमा यो अभियानलाई पुर्याउने अठोटका साथ आफूहरु अगाडि बढेको बस्नेतले भने । कार्यक्रमबाट संकलन भएको ‘डोनेशन’ रकम नेपालमा सेफहरुको हक, हित र नेपाली खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रबद्र्धन गर्न गरिने छ ।

The post फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै first appeared on Khabar Breaking.

 

३ जेठ, काठमाडौँ । नेपाली खानालाई अन्तर्राष्ट्रिय स्तरमा प्रबद्र्धन गर्ने उदेश्यले अमेरिकाको अलास्कामा पहिलो पटक “सात महादेशिय पर्वतीय खाना महोत्सव २०२४” हुने भएको छ ।
सगरमाथा दिवश मे २९ तारिखको अबसरमा अलास्काको एन्करेजमा रहेको मण्डला रेष्टुरेण्टमा सो कार्यक्रम हुन लागेको हो । विहान ११ः३० बजेदेखि दिउसो २ बजेसम्म सो खाना महोत्सव हुनेछ । ‘सातै महादेशमा नेपाली खाना, हामी सबैको चाहना’ भन्ने अभियानका साथ ग्यास्ट्रोनोमि टुरिजम एसोसियसन अफ नेपाल र यात्रा ग्रुप्स न्यूयोर्ककको संयुक्त आयोजनामा सो महोत्सव हुन लागेको हो । पर्वतीय क्षेत्रका परिकार ढेडो, गुन्दुक, मःम , शेर्पा समुदायमा …
The post फुड गुरु बस्नेत र थापाको नेतृत्वमा अलास्कामा पर्वतीय फुड फेस्टिभल हुदै first appeared on Khabar Breaking. 

 

देश, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    ४ असोज , काठमाडौं । नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज शुक्रबार सम्पन्न हुँदैछ। एशोसिएशनका अध्यक्ष ई. ऋषि कोइरालाको सभापतित्व र संस्थापक अध्यक्ष ई. वसन्त रमण रजौरियाको प्रमुख आतिथ्यमा मूलपानी…

    Read more

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    काठमाडौँ । नेपाली  पर्यटनको केन्द्र  पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने भएको छ । बलुन नेपाल प्रालिको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२५ समेतको  अवसरमा आगामी पुस ९…

    Read more

    You Missed

    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    • By
    • September 20, 2024
    • 0 views
    नेपाल भ्यालुयर्स एशोसिएशनको छैठौं अधिवेशन आज

    Profile and Interviews: Orange juice popsicle #icecream #homemade #popsicle #shorts @Itsmuntahakhanam

    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    • By
    • September 20, 2024
    • 7 views
    पोखरामा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय बलुन महोत्सव आयोजना हुने

    फुडमाण्डुको ‘बडा धमाका’ क्याम्पेन

    • By
    • September 20, 2024
    • 10 views

    एनआइएमबि एस क्यापिटलको पहिलो ‘इन्भेस्टर्स सर्कल’ सम्पन्न

    • By
    • September 19, 2024
    • 13 views

    स्थानीय तहको उपनिर्वाचनको कार्यातालिका स्वीकृत

    • By
    • September 19, 2024
    • 15 views