
KhabarBreaking.com: प्रतिनिधिसभा बैठक बस्दै
६ जेठ, काठमाडौँ। प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बस्दैछ। बैठक आज बिहान ११ बजेलाई बोलाइएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ। यसैगरी, सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०८१ जेठ १ गते मंगलबारका दिन गरेको सम्बोधनको लागि धन्यवाद ज्ञापन गर्ने कार्यसूचीसमेत छ।
The post प्रतिनिधिसभा बैठक बस्दै first appeared on Khabar Breaking.
६ जेठ, काठमाडौँ। प्रतिनिधिसभाको बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आज बस्दैछ। बैठक आज बिहान ११ बजेलाई बोलाइएको छ । आज बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।
सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम १० बमोजिम बैठकको अध्यक्षता गर्न माननीय सदस्यहरुको मनोनयन गर्ने कार्यसूची रहेको छ। यसैगरी, सभामुख घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्वत् २०८१ जेठ १ गते मंगलबारका दिन गरेको सम्बोधनको लागि …
The post प्रतिनिधिसभा बैठक बस्दै first appeared on Khabar Breaking.
देश, मुख्य समाचार, समाचार
Khabar Breaking