खबरब्रेकिंग,काठमाडौं, बैशाख २। प्रतिनिधिसभाको बैठक आज बिहान बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउदे अधिवेशनको अन्तिम बैठक रहेको छ ।
सरकारले यसअघि नै आज रातिदेखि हिउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । आजको बैठकमा केहि प्रतिवेदन पेश गर्ने देखि यस अधिवेसनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरुको सूचना सभामा पेश हुने तालिका रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्नुहुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौँ वार्षिक प्रतिवेदन २०८० पेस गर्ने कार्यसूची पनि छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रियसभामा उत्पत्ति भएको ‘सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०५० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ । आजको बैठक पछि संसदको हिउँदे अवधिवेशन आज राति १२ बजेबाट अन्त्य गरिनेछ । अधिवेशन अन्त्यका लागि सरकारले यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरिसकेको छ ।
The post प्रतिनिधिसभाको बैठक आज बिहान बस्दै, यस्तो छ कार्यसूची first appeared on Khabar Breaking.
खबरब्रेकिंग,काठमाडौं, बैशाख २। प्रतिनिधिसभाको बैठक आज बिहान बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक हिउदे अधिवेशनको अन्तिम बैठक रहेको छ ।
सरकारले यसअघि नै आज रातिदेखि हिउदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । आजको बैठकमा केहि प्रतिवेदन पेश गर्ने देखि यस अधिवेसनमा १० वा सो भन्दा बढी बैठकमा अनुपस्थित रहने सांसदहरुको सूचना सभामा पेश हुने तालिका रहेको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गर्नुहुने छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय प्राकृतिक स्रोत तथा …
The post प्रतिनिधिसभाको बैठक आज बिहान बस्दै, यस्तो छ कार्यसूची first appeared on Khabar Breaking.
देश, मुख्य समाचार, समाचार
Khabar Breaking