KhabarBreaking.com: प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय

२५ बैशाख , काठमाडौं । अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ।

सोमबार काठमाडौंमा अध्यक्ष राईको अध्यक्षतामा बसेको जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो।

यसअघि सोमबार नै निर्वाचन आयोगले राई अध्यक्ष रहेको जसपालाई दल दर्ताको प्रमाण पत्र प्रदान गर्दै दलको मान्यता दिएको थियो। जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन दल दर्ताको मान्यता दिएको आयोगले जनाएको छ।

आइतबार ७ सांसदसहित नयाँ दल दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । राई अध्यक्ष रहेको नयाँ पार्टीमा प्रदीप यादव, रेनु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, रन्जु कुमारी, हसिना खान र सुशीला श्रेष्ठलगायत ७ जना सांसद रहेका छन्।

The post प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय first appeared on Khabar Breaking.

 

२५ बैशाख , काठमाडौं । अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जनता समाजवादी पार्टी (जसपा) ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको वर्तमान सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी रहने जनाएको छ।
सोमबार काठमाडौंमा अध्यक्ष राईको अध्यक्षतामा बसेको जसपाको संसदीय दलको बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई आफ्नो दलको समर्थन निरन्तर जारी राख्ने निर्णय गरेको हो।
यसअघि सोमबार नै निर्वाचन आयोगले राई अध्यक्ष रहेको जसपालाई दल दर्ताको प्रमाण पत्र प्रदान गर्दै दलको मान्यता दिएको थियो। जसपालाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ तथा राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को नियम ५ बमोजिम निर्वाचन दल दर्ताको मान्यता …
The post प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    २ साउन , काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीको लागि सहज हुने नीति लिने  बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका…

    Read more

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    १ साउन, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी ११६ को ठुलो मतान्तरमा निवर्तमान अध्यक्ष भविश्वर शर्मालाई पराजित गरेका…

    Read more

    You Missed

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    • By
    • July 17, 2024
    • 13 views

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    • By
    • July 17, 2024
    • 13 views
    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

    • By
    • July 17, 2024
    • 13 views

    Intiut laying off in Bay Area false alarming news across media subjects

    Intiut laying off in Bay Area false alarming news across media subjects

    एक कर्मचारीको मृत्यु

    • By
    • July 16, 2024
    • 13 views

    ओली मन्त्री मन्त्रिपरिषद्ले गर्यो अघिल्लो  सरकारका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय

    • By
    • July 16, 2024
    • 14 views