KhabarBreaking.com: ‘दोहोरो नागरिकता लिएका’ सिरोहियाले दिए लोकतन्त्र र प्रेस स्वतन्त्रताको दुहाई

९ जेठ , काठमाडौं । दोहोरो नागरिकता लिएको आरोपमा काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ परेका कैलाश सिरोहियालाई धनुषा लगिएको छ।

सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि उनले त्यसलाई रोक्न सर्वोच्चमा रिट समेत दायर गरेका थिए ।

तर नागरिकता किर्ते गरेको फौजदारी अभियोगमा प्रहरीले पक्राउ गरेको सिरोहियाले त्यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्र माथिको प्रहारको दुहाई दिएका छन् ।

‘कहाँ हुनुहुन्थ्यो तपाईंहरु ६२/६३ को जनआन्दोलनमा ? कहाँ हुनुहुन्थ्यो लोकतन्त्र खतरामा परेको बेलामा ? कान्तिपुरले सँधै लोकतन्त्रका लागि लडेको होइन ? पहिला थुन अनि सोध, कुन कानून हो यो ? यो सबै प्रतिशोध हो । माननीय गृहमन्त्रीको सहकारी हेराफेरीको विषयमा प्रकाशित समाचारको प्रतिशोध हो । गृहमन्त्रीले राजनीतिक ब्ल्याकमेलिङ गर्न खोज्नुभएको छ ‘, पक्राउ पर्दा उनले भने, ‘म एकजना गहृमन्त्रीको मात्रै प्रतिशोध मान्दिनँ । यो पूर्णरुपमा गठबन्धन र प्रधानमन्त्रीले कान्तिपुरमाथि गरेको प्रहार हो । यसलाई फेस गर्न तयार छु ।’

उनले आफू पक्राउ परेको कुरालाई समग्र प्रेस स्वतन्त्रतासंग जोड्ने प्रयास गरेका छन् । कांग्रेस लगायतका प्रतिपक्षी पार्टी र पत्रकार महासंघले उनको गिरफ्तारीको विरोध गरेका छन् । सर्वसाधारण नागरिकले भने यो उचित प्रक्रिया भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

बुझ्नुपर्ने कुरा चाहिँ नागरिकताको विवाद सिरोहियाको व्यक्तिगत विषय हो । तर, उनले यसलाई कान्तिपुर दैनिक मात्र नभएर समग्र सञ्चार जगतसँग जोड्न खोजेका छन् । सञ्चार क्षेत्रका केही व्यक्तिले पनि प्रेस स्वतन्त्रताको हनन भएको बताएका छन् ।

नागरिकता सम्बन्धमा उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्नु उसको दायित्व नै हो । जिल्ला अदालतबाट अनुमति लिएर प्रक्रियाअनुसार नै पक्राउ गरिएको छ । यसलाई प्रेस स्वतन्त्रताको हननको रुपमा व्याख्या गर्नु उचित होइन । पत्रकार महासंघको उच्च नेतृत्व कान्तिपुरको कार्यालयमा उपस्थित भएर सिरोहियाप्रति ऐक्यवद्धता जनाउनु उदेकलाग्दो छ ।

यो गृहमन्त्री वा सरकारलाई आरोप लगाउने विषय होइन । अदालतबाट छिनोफानो हुने फौजदारी अभियोग हो।

The post ‘दोहोरो नागरिकता लिएका’ सिरोहियाले दिए लोकतन्त्र र प्रेस स्वतन्त्रताको दुहाई first appeared on Khabar Breaking.

 

९ जेठ , काठमाडौं । दोहोरो नागरिकता लिएको आरोपमा काठमाडौंको थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ परेका कैलाश सिरोहियालाई धनुषा लगिएको छ।
सिरोहियाविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा दोहोरो नागरिकता लिएको आरोपमा जाहेरी दर्ता भएको थियो । उक्त नागरिकता प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले जिल्ला अदालतमा पक्राउ पुर्जी माग गरेको थियो । प्रहरीको अनुरोधपछि जिल्ला अदालतले पुर्जी जारी गरेपछि उनले त्यसलाई रोक्न सर्वोच्चमा रिट समेत दायर गरेका थिए ।
तर नागरिकता किर्ते गरेको फौजदारी अभियोगमा प्रहरीले पक्राउ गरेको सिरोहियाले त्यसलाई प्रेस स्वतन्त्रता र लोकतन्त्र माथिको प्रहारको दुहाई दिएका छन् ।
‘कहाँ हुनुहुन्थ्यो तपाईंहरु ६२/६३ …
The post ‘दोहोरो नागरिकता लिएका’ सिरोहियाले दिए लोकतन्त्र र प्रेस स्वतन्त्रताको दुहाई first appeared on Khabar Breaking. 

 

समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    २ माघ ,काठमाडौं । चालू आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । गत आर्थिक वर्षको तुलनामा यो ६३ अर्बको र प्रतिशतका आधारमा १३…

    Read more

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले आफ्नो १७औं वार्षिक साधारणसभा सम्पन्न गर्दै समीक्षा आर्थिक वर्ष २०८०/८१ को  चुक्ता पूँजी रु. १ अर्ब ३५.१५ करोडको ६.३५ प्रतिशत नगद लाभांश (नगद लाभांशको कर…

    Read more

    You Missed

    चालू आ.व. को ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मञ्जुश्री फाइनान्स लिमिटेडको १७औं वार्षिक साधारणसभाबाट ६.३५% नगद लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    मनिप्लान्ट साकोसको १५औं साधारणसभा सम्पन्न ; १०% लाभांश प्रदान

    सहकारी संस्थाले सन्दर्भ ब्याजदरको आधारमा बचत र ऋणको ब्याजदर निर्धारण गर्नुपर्ने प्रस्ताव

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    ‘नेपाल टि एशोसिएसन’ को छैठौं साधारणसभा सम्पन्न – उद्योगीहरुको एउटै छाता संगठन हुनुपर्नेमा जोड

    शारीरिक र मानसिक स्वास्थ्यका लागी योग आवश्यक: प्रधानमन्त्री