KhabarBreaking.com: दुई हप्ताको गिरावटपछि नेप्सेमा सुधार

​[[{“value”:”१४ चैत , काठमाडौं । करिब दुई हप्तादेखि  लगातार गिरावटमा रहेको शेयर बजार (नेप्से ) मा  साताको दोस्रो कारोबार दिन मंगलबार दोहोरो अंकले बजार बृद्धि भएको छ । मंगलबार १०.१४ अंकले बढ्दै बजार २०४१.७० को बिन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजारमा ०.४९ प्रतिशतले बृद्धि भएको छ ।
मंगलबार दोहोरो अंकले बृद्धि भएको बजारमा सबै सूचांक सकारात्मक देखिए ।  वित्त, जीवन बीमा र अन्य बाहेक उपसूचकांकमा हरियाली देखियो । यस दिन सबैभन्दा बढी उत्पादन र प्रशोधन उपसूचकांकमा २.११ प्रतिशतले बृद्धि भएको छ कारोबारमा आएका २४६ कम्पनीमध्ये १६८ कम्पनीको …
The post दुई हप्ताको गिरावटपछि नेप्सेमा सुधार first appeared on Khabar Breaking.”}]] 

​ 

अर्थ 

Khabar Breaking 

Read More 

१४ चैत , काठमाडौं । करिब दुई हप्तादेखि  लगातार गिरावटमा रहेको शेयर बजार (नेप्से ) मा  साताको दोस्रो कारोबार दिन मंगलबार दोहोरो अंकले बजार बृद्धि भएको छ । मंगलबार १०.१४ अंकले बढ्दै बजार २०४१.७० को बिन्दुमा उक्लिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार समग्रमा बजारमा ०.४९ प्रतिशतले बृद्धि भएको छ ।

मंगलबार दोहोरो अंकले बृद्धि भएको बजारमा सबै सूचांक सकारात्मक देखिए ।  वित्त, जीवन बीमा र अन्य बाहेक उपसूचकांकमा हरियाली देखियो । यस दिन सबैभन्दा बढी उत्पादन र प्रशोधन उपसूचकांकमा २.११ प्रतिशतले बृद्धि भएको छ कारोबारमा आएका २४६ कम्पनीमध्ये १६८ कम्पनीको मूल्यमा बृद्धि भएको स्टक एक्सचेन्जले जनाएको छ । एक्सचेन्जका अनुसार ६८ कम्पनीको मूल्यमा गिरावट आउँदा १० कम्पनीको मूल्य भने यसअघिकै दिनको तुलनामा कायम रह्यो । यसदिन डोल्टी पावर कम्पनीको मूल्यमा सकारात्मक सर्किट लाग्दा सर्वोत्तम सिमेन्ट, विन नेपाल लघुवित्तको मूल्य सकारात्मक सर्किट लेभलमा बृद्धि भयो ।

तर दोहोरो अंकले बढेको भएपनि यसदिन केही सातायताकै सर्वाधिक कम कारोबार भएको स्टक एक्सचेन्जले जनाएको छ ।  शिवम् सिमेन्ट, सोनापुर मिनरल्स, जोशी हाइड्रोपावर, गोरखा फाइनान्स, हिमानलयन रि इन्स्योरेन्सको कारोबार सर्वाधिक भएको जनाइएको छ ।

स्टक एक्सचेन्जका अनुसार  शिवम् सिमेन्टको एक लाख ७५ हजार कित्ता शेयर किनबेच हुँदा कारोबार रकम नौ करोड ३१ लाख रुपैयाँ बराबरको रहेको  छ ।

The post दुई हप्ताको गिरावटपछि नेप्सेमा सुधार first appeared on Khabar Breaking.

 

  • अमेरिका खबर इडिटरियल

    America Khabar is an online news portal from San Francisco, California. We Cover all Nepalese American news from America and beyond.

    Related Posts

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । यही असोज २० गते बिहीबार ललितपुरको जावलाखेलस्थित  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा कम्पनीकी अध्यक्ष सुभद्रा श्रेष्ठको अध्यक्षतामा कम्पनीको साधारण सभा…

    Read more

    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    २२ असोज ,काठमाडौं । शेयर बजारको  नियामक नेपाल धितोपत्र बोर्ड(सेबोन) ले गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवा दिने गरि लाइसेन्स थप गरेको छ। गरिमा क्यापिटल तथा…

    Read more

    You Missed

    ओरियण्टल होटल्स लिमिटेडको २७औँ साधारणसभा सम्पन्न; ५% बोनस शेयर प्रदान

    • By
    • October 8, 2024
    • 0 views

    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    • By
    • October 8, 2024
    • 0 views
    गरिमा क्यापिटल तथा  नेपाल लाइफ क्यापिटललाई धितोपत्र प्रत्याभूति (अन्डरराइटिङ) सेवाको लाइसेन्स

    सिईडिबी हाइड्रोपावरको ११% बोनस शेयर र ५४.५% हकप्रद शेयर पारित

    • By
    • October 8, 2024
    • 2 views

    प्रधानमन्त्री रोजगार कार्यक्रमको स्रोत परिचालन गर्न सकिनेगरी कार्यविधिमा संशोधन

    • By
    • October 7, 2024
    • 11 views

    एन आई सी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालयको उद्घाटन

    • By
    • October 7, 2024
    • 11 views

    आशुतोष ईनर्जी लिमिटेडले प्रदान गर्‍यो ५.२ प्रतिशत नगद लाभांश

    • By
    • October 7, 2024
    • 14 views