KhabarBreaking.com: चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र

२९ बैशाख, काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् ।
प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् ।

चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो ।

आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए ।
त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला चित्र कार्यशाला स्थलमा प्रदर्शनीमा राखिएको थियो ।

युरोपका देशहरुमा आफ्नो एकल मिथिला चित्रकला प्रदर्शनी गर्नका लागि चित्रकार यादव बैशाख ६ गतेदेखि युरोप भ्रमणमा छिन् । जर्मनीको फ्र्यान्कफर्टमा बैशाख ८ गते चित्रकार यादवको एकल चित्रकला प्रदर्शनी सम्पन्न भएको थियो । यस्तै बैशाख २९ र ३० गते डेनमार्कको कोपनहेगनमा दुई दिवसीय एकल चित्रकला प्रदर्शनी आयोजना हुँदैछ । यसपछि फिनल्याण्डको राजधानी हेलसिन्कीमा जेठ ५ र ६ गते उनको एकल चित्रकला प्रदर्शनी हुने बताइएको छ ।

The post चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र first appeared on Khabar Breaking.

 

२९ बैशाख, काठमाडौं । युरोप भ्रमणमा रहेकी मिथिला चित्रकार रन्जु यादवले डेनमार्कको राजधानी कोपनहेगनमा शुक्रबार मिथिला चित्रकलासम्बन्धी प्रशिक्षण दिएका छिन् ।
प्रसिद्ध चित्रकार यादवले डेनमार्कमा बस्ने नेपाली र भारतीय बालबालिकालाई मिथिला चित्रसम्बन्धी प्रशिक्षण दिएकी हुन् ।
चित्रकार यादव अहिले तेतिस दिवसीय युरोप भ्रमणको क्रममा डेनमार्कमा छिन् । यही मौका छोपेर गैरआवासीय नेपाली संघ डेनमार्कले कोपनहेगनमा शुक्रबार एक दिवसीय मिथिला कला कार्यशाला आयोजना गरेको थियो ।
आफ्ना बालबालिकालाई लिएर कार्यशालामा गएका अभिभावकहरुले मिथिला चित्रकलाप्रति आकर्षित भई चित्रकार यादवसँग साना बालबालिकासँगै मिथिला चित्र बनाउन सिकेका थिए ।
त्यस अवसरमा चित्रकार यादवका ३० भन्दा बढी मिथिला …
The post चित्रकार रन्जु यादवले डेनमार्कको राजधानीमा बालबालिकालाई सिकाइन् मिथिला चित्र first appeared on Khabar Breaking. 

 

देश, शिक्षा / साहित्य, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    २ साउन , काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफ्नो नेतृत्वको सरकारले निजी क्षेत्रको मनोबल बढ्ने र लगानीको लागि सहज हुने नीति लिने  बताएका छन् । बुधबार नेपाल उद्योग वाणिज्य महासंघका…

    Read more

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    १ साउन, काठमाडौँ । ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी भएका छन । मंगलबार बिहान सकिएको मतगणनामा अधिकारी ११६ को ठुलो मतान्तरमा निवर्तमान अध्यक्ष भविश्वर शर्मालाई पराजित गरेका…

    Read more

    You Missed

    प्रधानमन्त्री ओलीसंग महासंघ: निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडरको समस्या तत्काल समाधान होस

    • By
    • July 17, 2024
    • 11 views

    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    • By
    • July 17, 2024
    • 11 views
    ठमेल पर्यटन विकास परिषद्को अध्यक्षमा ध्रुव अधिकारी विजयी

    प्रधानमन्त्री ओली र अमेरिकी राजदूतबिच भेटवार्ता

    • By
    • July 17, 2024
    • 12 views

    Intiut laying off in Bay Area false alarming news across media subjects

    Intiut laying off in Bay Area false alarming news across media subjects

    एक कर्मचारीको मृत्यु

    • By
    • July 16, 2024
    • 13 views

    ओली मन्त्री मन्त्रिपरिषद्ले गर्यो अघिल्लो  सरकारका सबै प्रस्ताव फिर्ता गर्ने निर्णय

    • By
    • July 16, 2024
    • 14 views