KhabarBreaking.com: कार्यविधि विपरीत उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन

१४ बैशाख , काठमाडौं । गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानून बमोजिम विशिष्ठ व्यक्तिहरुलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरु बाहेक अन्य सबैलाई फिर्ता बोलाउन निर्देशन दिएको छ ।

मन्त्रालयले व्यक्तिगत सुरक्षाकर्मीहरु पदाधिकारी रहेको कार्यालयमा यथाशिघ्र (२४ घण्टाभित्र) फिर्ता बोलाई सो को विवरण उपलब्ध गराउन नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।

त्यस्तै, गृहले विशिष्ठ व्यक्तिहरुको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न/गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधि विपरीत अगुवा पछुवा उपलब्ध नगराउन पनि दुबै प्रहरी संगठनलाई निर्देशन दिएको छ।

मन्त्रालयले यसरी खटिएका सुरक्षाकर्मी फिर्ता नभएमा खटिने सुरक्षाकर्मीको तलब रोक्का गर्न र फिर्ता नगर्ने पदाधिकारीको नाम सार्वजनिक गर्ने प्रयोजनका लागि मन्त्रालयमा विवरण उपलब्ध गराउन समेत निर्देशन दिएको छ।

उपप्रधान एवं गृहमन्त्रीस्तरीय निर्णयपछि मन्त्रालयले यस्तो निर्देशन गरेको हो। उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले एकातिर शान्ति सुरक्षा कायम गर्ने तथा सीमा सुरक्षा पोष्टमा खटिने सुरक्षाकर्मी कमी हुने अर्कातिर विशिष्ठ पदाधिकारीले व्यक्तिगत कामका लागि राष्ट्रसेवक प्रयोग गर्ने प्रचलनको अन्त्य आवश्यक भएकाले त्यसैको सुरुआतका लागि यो निर्णय गरिएको बताएका छन् ।

गृहमन्त्री लामिछानेले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ लाई समयानुकूल परिमार्जनको गृहकार्य भइरहेको पनि जानकारी दिए ।

The post कार्यविधि विपरीत उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन first appeared on Khabar Breaking.

 

१४ बैशाख , काठमाडौं । गृहमन्त्रालयले विशिष्ठ व्यक्तिहरुको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ र अन्य प्रचलित कानून बमोजिम विशिष्ठ व्यक्तिहरुलाई उपलब्ध गराइएका सुरक्षाकर्मीहरु बाहेक अन्य सबैलाई फिर्ता बोलाउन निर्देशन दिएको छ ।
मन्त्रालयले व्यक्तिगत सुरक्षाकर्मीहरु पदाधिकारी रहेको कार्यालयमा यथाशिघ्र (२४ घण्टाभित्र) फिर्ता बोलाई सो को विवरण उपलब्ध गराउन नेपाल प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल, नेपाल, प्रधान कार्यालयलाई निर्देशन दिएको हो ।
त्यस्तै, गृहले विशिष्ठ व्यक्तिहरुको जिल्ला भ्रमण लगायतका कार्यक्रममा सुरक्षा उपलब्ध गराउँदा कार्यविधिको व्यवस्था पूर्ण पालना गर्न/गराउन र सुरक्षा चुनौती विश्लेषण गरी मन्त्रालयबाट थप निर्देशन भएको अवस्थामा बाहेक कार्यविधि विपरीत अगुवा …
The post कार्यविधि विपरीत उपलब्ध गराइएका सुरक्षाकर्मी फिर्ता बोलाउन निर्देशन first appeared on Khabar Breaking. 

 

मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    काठमाडौं । ठमेल पर्यटन विकास परिषद्को यही असार ३१ गते हुने निर्वाचनमा अध्यक्षमा ध्रुव अधिकारीले समुहगत रूपमा उम्मेदवारी दिएका छन् । अध्यक्षका प्रत्यासी अधिकारीले आफु पार्टीगत रूपमा नभई समग्र ठमेललाई…

    Read more

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    ३० असार, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली आज नयाँ प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् । ओली चौथोपटक…

    Read more

    You Missed

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनमा ध्रुव अधिकारी समुहको उम्मेदवारी

    • By
    • July 14, 2024
    • 14 views

    केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

    • By
    • July 14, 2024
    • 14 views

    ग्लोबल आइएमई बैंकको निक्षेप ५ खर्ब नाघ्यो

    • By
    • July 14, 2024
    • 14 views

    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    • By
    • July 14, 2024
    • 14 views
    ठमेल पर्यटन विकास परिषद्को निर्वाचनको लागि भविश्वर शर्मा समुहको उम्मेदवारी घोषणा

    अण्डाको मूल्य बढ्यो

    • By
    • July 12, 2024
    • 19 views

    एनसेलले ल्यायो ‘बिज सधैं अन’ योजना

    • By
    • July 12, 2024
    • 16 views