KhabarBreaking.com: इभी र्‍याली गर्दै “हिमालयन हाइड्रो एक्स्पो” आजदेखी सुरु

१२ बैशाख , काठमाडौं । जलविद्युत आयोजनाको जानकारी र प्रवर्द्धनको लागि  बुधवारबाट काठमाडौंमा तीन दिने “हिमालयन हाइड्रो एक्स्पो” सुरु भएको छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो  प्रदर्शनीको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरेका छन् ।

प्रदर्शनीको उद्घाटन गर्दै उर्जामन्त्री बस्नेतले सरकारले यही बैशाखमा  आयोजना गर्ने लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे । उनले नेपालको जलश्रोतको महत्वलाई बुझेर आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।

समुद्घाटन कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीले लगानी सम्मेलनलाई सफल बनाउने उद्देश्यले हिमालयन हाइड्रो एक्स्पो आयोजना गरिएको बताए । उनले नेपालमै धेरै विद्युत खपत गरौँ भन्ने सन्देश दिन आज विद्युतीय सवारीसाधनको  र्‍यालीको आयोजना गरिएको बताए । सरकारले सन् २०३५ सम्म १३ हजार मेगावाट बिजुली नेपालमा खपत गर्ने लक्ष्य लिएको भन्दै त्यसलाई सार्थक बनाउन एक्स्पोले भूमिका खेल्ने उनले बताए ।

अध्यक्ष कार्कीले जलविद्युत र उर्जासँग सम्बन्धित सामानहरू प्रदर्शनी गर्ने र बेच्नेभन्दा बाहेकका कुरा विगतमा नहुने गरेको भएपनि यस पटकको मेलामा भने विभिन्न चरणमा ऊर्जा क्षेत्रका समस्या, समाधान, लगानीका बारेमा विस्तृत रुपमा छलफल हुने र अन्ततः लगानी सम्मेलनलाई एक्स्पोले सहयोग पुर्याउने विश्वास जनाए ।

सन् २०३५ सम्ममा सरकारले लिएको २८ हजार ५ सयको विद्युत उत्पादनको योजना सफल बनउनका लागि पनि एक्स्पोले भूमिका खेल्ने बताए ।

इप्पानले यस अवसरमा आज बिहान विद्युतीय सवारी (इभी) र्‍यालीको आयोजना  गरेको थियो।

The post इभी र्‍याली गर्दै “हिमालयन हाइड्रो एक्स्पो” आजदेखी सुरु first appeared on Khabar Breaking.

 

१२ बैशाख , काठमाडौं । जलविद्युत आयोजनाको जानकारी र प्रवर्द्धनको लागि  बुधवारबाट काठमाडौंमा तीन दिने “हिमालयन हाइड्रो एक्स्पो” सुरु भएको छ ।  स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)को आयोजनामा भइरहेको हिमालयन हाइड्रो एक्स्पो  प्रदर्शनीको उद्घाटन उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले गरेका छन् ।
प्रदर्शनीको उद्घाटन गर्दै उर्जामन्त्री बस्नेतले सरकारले यही बैशाखमा  आयोजना गर्ने लगानी सम्मेलनलाई एक्स्पोले सार्थक बनाउने विश्वास व्यक्त गरे । उनले नेपालको जलश्रोतको महत्वलाई बुझेर आगामी दिनमा सरकार, निजी क्षेत्रको हातेमालोबाट विद्युत उत्पादनको क्षेत्रमा विकास र बिस्तारका लागि काम गर्ने प्रतिवद्धता जनाए ।
समुद्घाटन कार्यक्रममा स्वतन्त्र उर्जा उत्पादकहको संस्था …
The post इभी र्‍याली गर्दै “हिमालयन हाइड्रो एक्स्पो” आजदेखी सुरु first appeared on Khabar Breaking. 

 

देश, मुख्य समाचार, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    २५ असोज, काठमाडौं । बडादसैँका अवसरमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नक्सालस्थित सशस्त्र प्रहरी गणमा मौलो पूजा गर्नु भएको छ । हरेक वर्ष नेपाल प्रहरीले मौलो पूजा गर्दै आएको छ ।…

    Read more

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    २५ असोज, काठमाडौं । हिन्दु समुदायको सबैभन्दा ठूलो धार्मिक पर्व (बडा दशैँ) दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु भएको छ । मन्दिर र अस्थायी मण्डपमा धार्मिक उत्सवको साथ दुर्गा पूजा सुरु…

    Read more

    You Missed

    प्रहरी महानिरीक्षकद्वारा मौलो पूजा

    • By
    • October 11, 2024
    • 13 views

    दुर्गा पूजा बंगलादेशभर मनाउन सुरु

    • By
    • October 11, 2024
    • 13 views

    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    • By
    • October 10, 2024
    • 10 views
    ३ अर्ब ५७ करोड लागतमा निर्मित ‘होलिडे इन रिसोर्ट’ को प्रधानमन्त्री ओलीद्वारा समुद्घाटन

    Post Title

    • By
    • October 10, 2024
    • 7 views

    मासिक २५ रुपैंया जम्मा गर्दै थालनी भएको संस्थासँग १२ करोड ६० लाखको सम्पत्ति

    • By
    • October 10, 2024
    • 13 views

    उच्चस्तरीय आर्थिक क्षेत्र सुझाव आयोगको गठन  

    • By
    • October 9, 2024
    • 15 views