

KhabarBreaking.com: आज संघीय संसदका सातवटा समितिको बैठक बस्दै
फाइल तस्वीर
खबरब्रेकिंग,काठमाडौं, चैत २२। आज संघीय संसदका विभिन्न सातवटा समितिको बैठक बस्दैछन् । आज प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, अर्थ समिति, महिला तथ सामाजिक मामिला समिति, कानून, न्याय तथा मानवअधिकार समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । यस्तै, राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।
अर्थ समिति र कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदबारमा बस्नेछ । यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्ने गरी तोकिएको छ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ भने महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।
The post आज संघीय संसदका सातवटा समितिको बैठक बस्दै first appeared on Khabar Breaking.
फाइल तस्वीर
खबरब्रेकिंग,काठमाडौं, चैत २२। आज संघीय संसदका विभिन्न सातवटा समितिको बैठक बस्दैछन् । आज प्रतिनिधिसभा अन्तर्गत उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, अर्थ समिति, महिला तथ सामाजिक मामिला समिति, कानून, न्याय तथा मानवअधिकार समिति, शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक बस्दैछ । यस्तै, राष्ट्रियसभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक पनि बस्दैछ ।
अर्थ समिति र कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ११ बजे सिंहदबारमा बस्नेछ । यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित …
The post आज संघीय संसदका सातवटा समितिको बैठक बस्दै first appeared on Khabar Breaking.
देश, मुख्य समाचार, समाचार
Khabar Breaking