KhabarBreaking.com: अन्तर्राष्ट्रिय व्यापारमा भएन सुधार ; व्यापार घाटा १० खर्ब ५३ अर्ब

९ बैशाख , काठमाडौं । भन्सार विभागको तथ्यांकअनुसार  चैतसम्ममा मुलुकको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ नाघेको छ । फागुन महिनासम्म ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा रहेकोमा पछिल्लो महीना मात्रै व्यापार घाटा १ खर्ब २४ अर्बले बढेको हो ।

तथ्याङ्क अनुसार चैत महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो ।

त्यस्तै, यस अवधिमा १ खर्ब १३ करोड ९४ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । गएको वर्षको सोहि अवधिमा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख रुपैयाँको वस्तु र सेवा निर्यात गरिएको थियो ।

चैतसम्म मुलुकले व्यहोरेको व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा २.७५ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले १० खर्ब ८३ अर्ब २२ करोड व्यापार घाटा व्यहोरेको थियो ।

चैतसम्ममा १२ खर्ब ८१ अर्ब ३१ करोड ५८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । गत वर्षको सोहि अवधिमा १३ खर्ब १९ अर्ब ७८ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो ।

भन्सार विभागले सार्वजनिक गरेको वैदेशिक व्यापार तथ्याङ्क अनुसार चैत महिनामा गत आर्थिक बर्ष २०७९/८० को तुलनामा आयात र निर्यात दुवै घटेको छ। यस अवधिमा आयात २.८४ प्रतिशतले घटेको छ भने निर्यात पनि ३.६६ प्रतिशतले घटेको छ ।चालु आर्थिक बर्ष २०८०/८१ को चैत महिनामा पनि अन्तर्राष्ट्रिय व्यापारमा सुधार आउन सकेको छैन।

The post अन्तर्राष्ट्रिय व्यापारमा भएन सुधार ; व्यापार घाटा १० खर्ब ५३ अर्ब first appeared on Khabar Breaking.

 

९ बैशाख , काठमाडौं । भन्सार विभागको तथ्यांकअनुसार  चैतसम्ममा मुलुकको व्यापार घाटा १० खर्ब ५३ अर्ब ४२ करोड ३८ लाख रुपैयाँ नाघेको छ । फागुन महिनासम्म ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ व्यापार घाटा रहेकोमा पछिल्लो महीना मात्रै व्यापार घाटा १ खर्ब २४ अर्बले बढेको हो ।
तथ्याङ्क अनुसार चैत महिनासम्ममा ११ खर्ब ६७ अर्ब ३६ करोड ९८ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा नेपालले आयात गरेको छ । गत वर्षको यही अवधिमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख रुपैयाँको वस्तु तथा सेवा आयात गरेको थियो …
The post अन्तर्राष्ट्रिय व्यापारमा भएन सुधार ; व्यापार घाटा १० खर्ब ५३ अर्ब first appeared on Khabar Breaking. 

 

अर्थ, समाचार 

Khabar Breaking

Read More

​ 

​ 

 

 

​ 

​ 

  • Related Posts

    सुनको मूल्य बढ्यो

    २३ कार्तिक, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। सुनको मूल्य हिजो एकैदिन प्रतितोला चार हजार रुपैयाँ घटेको आज प्रतितोला दुई हजार रुपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी…

    Read more

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    २२ कार्तिक , काठमाडौं । यही ५ नोभेम्बरमा सम्पन्न भएको सन् २०२४ को अमेरिकी राष्ट्रपतीय निर्वाचन डोनाल्ड ट्रम्पले जितेका छन्। पूर्व राष्ट्रपतिसमेत रहेका उनले २७० इलेक्ट्रोल कलेज पार गर्दै निर्वाचन…

    Read more

    You Missed

    सुनको मूल्य बढ्यो

    • By
    • November 8, 2024
    • 1 views

    Profile and Interviews: End Mein Anaya Ke Sath Kya Hua 😳

    Profile and Interviews: Bakın baba nasıl ceza aldı

    अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

    • By
    • November 7, 2024
    • 14 views

    नेपाल पुनर्बीमा कम्पनीको ११औँ वार्षिकोत्सब; २०अर्बको चुक्ता पूँजीसहित प्रतिस्पर्धामा जान अध्यक्ष सिलवालको निर्देशन

    • By
    • November 7, 2024
    • 14 views

    प्रधानमन्त्रीको चीन भ्रमणमा दीर्घकालीन प्रभाव र राष्ट्रिय स्वाधीनतामा ध्यान दिनुपर्छ : राष्ट्रिय एकता अभियान

    • By
    • November 6, 2024
    • 16 views