टेक पुन मगर जिल्ला कार्यसमिति सदस्यमा चयन
२१ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाग्लुङ जिल्लामा शनिबार सम्पन्न जिल्ला भेलाले टेक पुन मगरलाई जिल्ला कार्यसमिति सदस्यमा चयन गरेको छ । काठेखोला गाउँपालिका अन्तर्गत घोडाबान्नेस्थित ओसाका होटल एण्ड रेस्टुरेन्टमा सम्पन्न भेलाले पुनलाई जिम्मेवारी हस्तान्तरण गर्दै पार्टी विस्तार र सुदृढीकरणमा सक्रिय भूमिकाका लागि आह्वान गरेको हो ।
नव–चयनित जिल्ला कार्यसमिति सदस्य टेक पुन मगरले पार्टीले दिएको विश्वासप्रति हार्दिक आभार व्यक्त गर्दै अबका दिनमा बाग्लुङ जिल्ला मात्र नभई समग्र राष्ट्रको विकास र सुशासनका लागि आफूले सक्दो योगदान गर्ने प्रतिबद्धता जनाए । उनले विगत ५० वर्ष आफ्नो परिवार र निजी जीवनलाई समर्पित गरेभैं, आगामी १० वर्ष देश र समाजका लागि समर्पित गर्ने संकल्पसहित रास्वपामा आएको स्पष्ट गरे ।
रास्वपा बाग्लुङका जिल्ला सभापति महेन्द्र खड्का, उपसभापति ढालेन्द्र रायमाझी, जिल्ला सचिव बबिन नेपाल, सहसचिव नारायण दत्त शर्मा, गण्डकी प्रदेश संगठन विभाग सदस्य तथा जिल्ला सचिवालय प्रमुख खिमानन्द पौडेल, जिल्ला कोषाध्यक्ष डुकु मल्ल, क्षेत्रीय सभापति बालकृष्ण शर्मा समेतले पुनलाई नयाँ भूमिकामा शुभकामना दिए ।
भेलामा सहभागी चारवटै नगरपालिकाका नगरप्रमुखहरु, छवटै गाउँपालिकाका अध्यक्षहरु, जिल्ला कार्यसमितिका सदस्य तथा प्रतिनिधिहरूको उपस्थिति उल्लेखनीय रहेको थियो । साथै बैठक स्थल उपलब्ध गराइदिने ओसाका होटलका सञ्चालकप्रति समेत टेक पुन मगरले विशेष धन्यवाद ज्ञापन गरेका छन् ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.