एनएमबि बैंकको पेमेन्ट गेटवे सुरु, विदेशी कार्डबाट पनि भुक्तानी लिन सकिने
१५ मंसिर, काठमाडौँ । एनएमबि बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा कार्डमा आधारित अनलाइन पेमेन्ट गेटवे सेवा सञ्चालनमा ल्याएको छ । देशभर डिजिटल कारोबारलाई सरल र सुरक्षित बनाउने उद्देश्यले यो सेवा सुरु गरिएको बैंकले जनाएको छ ।
यो नयाँ सुविधासँगै अब व्यवसायीहरूले स्वदेशी तथा विदेशी जुनसुकै बैंकले जारी गरेका भिसा र मास्टरकार्ड मार्फत ग्राहकहरूबाट भुक्तानी लिन सक्नेछन् । बैंकका अनुसार यो गेटवेले भौतिक र अनलाइन (ई-कमर्स) दुवै प्रकारका व्यवसायीलाई कारोबारमा सघाउ पुर्याउनेछ । नेपालभित्र र विदेशबाट समेत भुक्तानी स्वीकार गर्न सकिने भएकाले व्यवसायीहरूलाई व्यवसाय विस्तार गर्न यसले मद्दत गर्ने बैंकको विश्वास छ ।
कारोबारलाई सुरक्षित बनाउन पेमेन्ट गेटवेमा थ्रीडी सेक्योर (3D Secure) प्रविधि समावेश गरिएको छ । जसअन्तर्गत कारोबार प्रमाणीकरणका लागि ‘ओटीपी’ वा पासवर्ड आवश्यक पर्नेछ । यसले अनधिकृत खरिदको जोखिमलाई उल्लेखनीय रूपमा कम गरी कारोबार सुरक्षित बनाउने बैंकले दाबी गरेको छ । यो सहकार्यले नेपालमा ई-कमर्सलाई बढावा दिनुका साथै वित्तीय कारोबारको डिजिटलाइजेसनलाई थप प्रभावकारी बनाउने अपेक्षा बैंकले लिएको छ ।
This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.