संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष डा तारानाथ लुईटेलले दिए यस्तो सुझाव

0
14

 

८ मंसिर,काठमाडौं । संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष डा. तारानाथ लुईटेलले नेपालको राजनीतिक बन्दीछापबाट बाहिर निस्कन २०४७ सालको संविधानलाई पुनः संशोधनसहित लागू गर्नुपर्ने सुझाव दिएका छन्। उनले यो धारणा आज आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेका हुन्।

डा. लुईटेलका अनुसार २०४७ सालको संविधान सबै पक्षको सहमति र सहभागितामा बनेको ऐन थियो—दल, राजा र विभिन्न राजनीतिक शक्तिहरू सामेल भएर तयार पारिएको दस्तावेज। तर २०७२ को संविधान भने “बाह्य शक्तिको चंगुल” मा परेर बनेको आरोप उनले दोहो¥याए।

उनले भनेका छन्, “२०४७ सालको संविधानमा आवश्यक परिमार्जन संशोधन गरेर लागू गरौँ। २०७२ को संविधान त्यति सर्वमान्य थिएन, त्यसलाई  केही जनतामात्रले समर्थन गरेका थिए। अहिले दलहरूले २०७२ मा केही बुँदा संशोधन गरेर अघि बढ्ने भन्छन्, तर समस्याको जड नै त्यही हो।”

फेसबुकमा प्रकाशित आफ्नो अभिव्यक्तिमा लुईटेलले नेपालीहरूलाई विदेशी हस्तक्षेपको दबाबबाट टाढा रहन आग्रह गर्दै ‘सहजीकरणको बाटो’ छान्नुपर्नेमा जोड  दिए। उनका अनुसार राष्ट्रिय समाधानको आधार २०४७ सालको संविधान नै हो, जसले सबै पक्षलाई समेट्ने क्षमता राख्छ।

 

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here