जेन–जी आन्दोलनपछि प्रमुख दलहरूलाई एक ठाउँमा ल्याउने तयारी

0
19

 

९ मंसिर,काठमाडौं । जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार र प्रमुख राजनीतिक दलबीच आपसी विश्वासको अभाव देखिएको संवेदनशील अवस्थामा प्रधानमन्त्री सुशीला कार्की राजनीतिक सहमति निर्माणतर्फ सक्रिय भएकी छन् । आन्दोलनपछि सत्ताबाट विस्थापित भएका शीर्ष नेताहरु र अन्तरिम सरकारबीच संवाद हुन नसक्दा २१ फागुनमा तोकिएको आमनिर्वाचनप्रति अझै अनिश्चितता झल्किरहेको बेला प्रधानमन्त्रीले शीर्ष नेताहरूसँग विस्तृत छलफल गर्न तयारी थालेकी हुन् ।

प्रधानमन्त्री कार्की यसै साताभित्र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र  नेपाली कम्युनिस्ट पार्टीका  संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग संयुक्त भेटवार्ता गर्ने तयारीमा छिन् । मंगलबारसम्म औपचारिक आमन्त्रण–पत्र पठाउने प्रक्रिया सकिने बताइएको छ । बैठकको मिति भने अन्तिम टुंगो लागिसकेको छैन ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार २१ फागुनमा हुने भनिएको निर्वाचनलाई विश्वसनीय र सहज बनाउने उद्देश्यले शीर्ष नेतासँग छलफल अपरिहार्य भएको हो । जेन–जी आन्दोलनका कारण राजनीतिक वातावरण तनावपूर्ण बने पनि अहिले अवस्था क्रमशः सामान्य हुँदै गएको र निर्वाचनको माहोल पनि पुनः तयार भइरहेको सचिवालयले जनाएको छ ।

एमालेले पछिल्लो समय अन्तरिम सरकार र प्रधानमन्त्री कार्कीप्रति कडा आलोचना गर्दै संवैधानिक अधिकार र चुनावी पूर्वाधार कमजोर भएको आरोप लगाउँदै आएको छ । यस्तो पृष्ठभूमिमा दलहरूबीच भरोसा पुनःस्थापना गर्न प्रधानमन्त्रीको पहल महत्वपूर्ण मानिएको छ ।

तीन प्रमुख दलका नेताहरूले समेत प्रधानमन्त्री कार्कीले आफूहरूलाई छलफलमा नडाकेको गुनासो गर्दै आएका थिए । त्यसैले पहिलो चरणमा प्रमुख तीन दलका नेतासँग संयुक्त बैठक गर्ने र त्यसपछि अन्य दलका अध्यक्षहरूसँग क्रमिक रुपमा संवाद बढाउने कार्यसूची प्रधानमन्त्रीले तयार पारेकी छन् ।

अन्तरिम सरकार, प्रमुख पार्टीहरू र जेन–जी आन्दोलनपछि बनेको नयाँ शक्ति सन्तुलनबीच उत्पन्न अविश्वास हटाएर निर्वाचनसम्म सहकार्य र स्थिरता कायम गर्नु नै प्रधानमन्त्री कार्कीको मूल उद्देश्य रहेको सरकारी स्रोतले जनाएको छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here