
उपेन्द्र यादवको चुनावलक्षित भब्य संबोधन
काठमाडौं ७ बैशाख । जनता समाजवादी पार्टी, नेपाल (जसपा) अध्यक्ष उपेन्द्र यादवले देशको वर्तमान शासकिय संरचना बदलिनु पर्ने बताएका छन् । शासकिय संचनालाई पुर्नसंचना गरी देशलाई अग्रगामी दिशामा अगाडी बढाउनुपर्ने उनले बताएका हुन् ।
नेपाल जस्तो बिकाशसिल देशमा वर्तमानको संसदिय प्रणाली खर्चिलो र देशले धान्नै नसक्ने भएको हुनाले त्यसको पुर्नसंरचना आवश्यक रहेको यादवले बताएका हुन् ।
जसपा गोरखाले हिजो गोरखाको हरमटारीमा आयोजना गरेको चुनावलक्षित जनसभालाई संबोधन गर्दै अध्यक्ष यादवले वर्तमानको राज्य सञ्चालन गर्ने संरचनाले देशलमा राजनितिक स्थिरता दिन नसक्ने बताएका हुन् ।
‘जनताको सेवा गर्न जनप्रतिनिधिको चयन हुन्छ, चुनाव हुन्छ’ अध्यक्ष यादवले भने– ‘तर साधारण जनता चुनाव लड्नै नसक्ने महंगो भयो, यसलाई बदलिनुपर्छ ।’
यादवले संबिधान संसोधन गरी राज्यको पुर्नसंरचना गनुपर्ने र पुर्ण समावेशी समानुपातिक निर्वाचन प्रणाली अपनाउनुपर्ने बताए ।
उनले देश संघीय लोकतान्त्रीक गणतन्त्रमा गईसक्दा समेत प्रतिगमनका सारथिहरुले महेन्द्रिय मार्गदर्शनमा सत्ता चलाउन खोजेको बताए ।
‘पहिचानबिनाको ७ प्रदेशको संरचना नै गलत छ’ यादवले भने– ‘गणतन्त्र आईसक्दा समेत प्रदेशको नामहरु राजा महेन्द्रको अनुशरणमा गरिएको छ, यसलाई सच्याउनु पर्छ ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तामा हुँदा संसद भंग गरेर प्रतिगमन गर्न खोजेको भन्दै जनताको पहिचान सहितको अधिकार र आर्थिक समृद्धीका लागी जसपालाई साँथ दिन उनले आग्रह समेत गरे ।
गाउँ–गाउँ जाउँ, जसपालाई जिताउँ, भ्रष्टाचार हटाउँ, देशलाई समृद्ध बनाउँ नारा दिंदै यादवले स्थानिय निकाय निर्वाचनमा जसपाका उम्मेदवारहरुलाई विजयी बनाउन आग्रह गरे । संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईले फेशबुक पेजमा गोरखा जसपामय भनेर लेखेका छन् ।