
गुरु नारायण शास्त्री र संघर्षै संघर्षको इतिहास
काठमाण्डौं पुस १८ । आजको स्तम्भमा जिबनकालका ८ दशक संघर्षै संघर्षमा बिताउनु भएका नारायण शास्त्री ज्यु को बिषयमा परिचय दिने प्रयास गरेको छु।
अर्घाखाँची जिल्लाको साबिक वाङला हाल सन्धिखर्क ४ भण्डारी टोलमा पंडित ढुण्डिराज भट्टराई र आमा हरिकला भट्टराईकोको कोख बाट
१९९६ कार्तिक २३ गते नारायण भट्टराईको जन्म भएको थियो।
उहाँको २००६ सालमा १० वर्षको उमेरमा ८ वर्षकी कमला भट्टराईसँग बिहे भएको थियो। उहाँका ४ छोरी र २ छोरा हुनुहुन्छ।
जेठो छोरा जीवन भट्टराई बुटवलमा अधिकृत कान्छो छोरा निरन भट्टराई ललितपुर कर कार्यालय प्रमुख (उप सचीव ) हुनुहुन्छ भने जेठी छोरी कपिलवस्तु माइली छोरी भैरहवा साँईली छोरी बुटवल र कान्छी छोरी अमेरिका हुनुहुन्छ।
उहाँले प्रारम्भिक शिक्षा बुबा संग घरमै लिनु भएको थियो।
१४ वर्षसम्म डिभर्ना निवासी पंडित रुद्रनाथ आचार्यसँग लघुकौमुदी र मध्यकौमुदी (संस्कृत व्याकरण) अध्ययन गर्नु भएका उहाँ त्यसपछि भागेर भारत पश्चिम बंगालको कलकत्ता जानू भएको थियो। त्यसपछि उहाँ भारतकै ऋषिकेश गई आध्यात्मिक अनुष्ठान तर्फ लाग्नु भयो।
त्यसपछि उहाँले भारतको हरिद्धारको कनखल भन्ने ठाउँमा मध्यमा ( नेपालमा आई ए सरह पास गर्नु भयो।
त्यसपछि उहाँ हरिद्धार र वृन्दावनबाट २०१७ सालमा शास्त्री पास गर्नु भएको थियो।
उहाँले जब शास्त्री बिए पास गरेर घर आउनु भयो।त्यसपछि उहाँको थर नै हटेर नारायण शास्त्री कै नाम बाट प्रचलित हुनु भयो र अहिलेसम्म उहाँ लाई नारायण शास्त्रीभनेरै नै चिन्दछ्न।उहाँको भट्टराई थर हो भन्ने कोहि कोहि लाई मात्र थाहा छ।
त्यसपछि उहाँले २०१८र१९ सालमा बनारसबाट म्याट्रिक र आचार्य पास गर्नु भयो।
उहाँ ४ वटा भाषा नेपाली ,हिन्दी, संस्कृत र अंग्रेजीको ज्ञाता हुनुहुन्छ।उहाँ २०२० सालमा नेपालमा आई वाङ्लामा जिवनोद्धार संस्कृत विद्यालयमा नयाँ शिक्षकको रुपमा काम गर्न शुरु गर्नु भएको थियो। उक्त बिधालय स्वर्गीय जिब नारायण अधिकारीको नेतृत्वमा खोलिएको थियो। २०३७ सालसम्म पूर्ण सरकारी शिक्षकको रुपमा काम गरेको गर्नु भएको उहाँ २०३६ सालको शिक्षक संगठन र सरकारी समझदारी अनुसार बनेको शिक्षा नियमावली अनुसार मा।वि। शिक्षक भई काम गर्ने ईच्छा जाएर गरेर राजीनामा दिनुपर्ने हुनाले त्यो प्राप्त गर्नका लागि राजीनामा दिनु भयो।तर तात्कालिन जि। शि।अ।ले राजीनामा मात्र स्वीकृत गरी सरकारी सुविधा बाट बन्चित गर्नु भयो।
२०२२ सालमा मोदनाथ पश्रितले त्यतिखेर पुष्पलाल समूहको पार्टी सदस्यता दिएका थिए । त्यसपछि २०२८ सालसम्म सोही मातहतमा रही जिल्ला कमिटीमा रही सक्रियतापूर्वक काम गर्नु भयो।
२०२८ सालको सेरोफेरोमा भएको हर्रेबर्रे काण्ड र अर्घा भगवती काण्डबाट पार्टीका साथीहरुले व्यक्तिगत रुपमा फाइदा लिएको महशुस गरी त्यो संगठनलाई समेत उहाँले छाडनु भयो। त्यसपछि नेकपा मसालमा सक्रिय भई लामो समय काम काम गर्नुभयो।
उहाँ एउटा योग्य शिक्षक मात्र नभएर सामाजिक अभियन्ता समेत हुनुहुन्थ्यो।
जिवनोद्धार मा।वि।मा शिक्षकको रुपमा कार्यरत रहँदा डिलाराम सुनार ( मन्त्री सुनार )को अध्यक्षतामा दलितहरुलाई पधेंराबाट पानी खुवाउनका लागि नेतृत्वदायी भूमिका खेल्नु भएको बयोबृद्व मन्त्री सुनारले अहिले सम्झनु हुन्छ। तत्कालीन पञ्चहरुले गर्ने दमन, शोषण उत्पीडनका विरुद्ध छाती खोलेर ज्यानको प्रवाह नगरी विरोध गर्ने अन्याय अत्याचार सुन्नै नसक्ने र त्यसको प्रतिबाद गर्ने उहाँको स्वभाव थियो।
अन्ध विश्वास र कुरीती विरुद्ध शसक्त रुपमा प्रतिवाद गर्दै चेतनाको ज्योति फैलाउँदै हिंडने गर्नुहुन्थ्यो।
२०३७ सालमा हरिहर संस्कृत विद्यालय खिदिमका प्रधानाचार्य नारायण गौतमको अनुरोधमा शिक्षा कार्यालयबाट अस्थायी नियुक्ति लिई पुन पढाउन थाल्नु भयो।
त्यसपछि दुर्गा गौतमलाई उहाँको ठाउँमा ल्याउनका लागि विद्यालयका अध्यक्ष नारायण गौतम र शिक्षक रमेश गौतमले नारायण भट्टराई र हेमन्त गौतमलाई सार्वजनिक अपराध मुद्दा लगाई थानामा उजुरी गरे र त्यसैको आधारमा उहाँ लाई पक्रेर जिल्ला प्रहरी थाना( हाल टुँडिखेल मुनि अतिथी गृह )ल्याएर यातना दिन थाले।अर्घाखाँचीमा २४ दिनसम्म निर्मम यातना दिई मार्नेसम्मको धम्की दिइयो । कठ्ठामा ( काठको हातखुट्टा घुसाएर चल्न चटपटाउन नसक्ने गरि बनाएको सामाग्री )राखी बासका भाटाले पिट्ने र उजुर अनुसार कबुल स्वीकार गराउने प्रयास गरे ,तर उहाँ सत्य कुराबाट विचलित हुनु भएन। तर उहाँ सँगै पक्राउ परेका हेमन्त गौतमको कुटपिट र त्रास बाट मानसिक सन्तुलन नै बिग्रियो पछि दुबै छुटनु भयो।तर सरकारी जागीर बिहीन बनाएर छोडियो।
त्यो बेला सरकारी सेवाको अनुदानको जम्मा भएको थोरै रकमबाट अर्घाखाँचीको चुत्रावेसीमा स्टेशनरी पसल खोल्नु भयो। झण्डै १ बर्ष पुस्तक पसल गर्नुभएको थियो। त्यो पसल खासै नचले पछि २०३९ सालमा सन्धिखर्क कुँडुलेका स्वर्गीय बिष्णु प्रसाद भुसालको ९ गुणानिधी भुसालका बुबा० अनुरोधमा जनपृय मा। बि। असुरकोटमा अध्यापन गर्न थाल्नु भयो।
त्यहाँ ३ वर्ष सेवा गरेपछि स्वर्गीय कुलानन्द बन्जाडेको आग्रह अनुरोधमा ढाकाबाङ पिपलनेटाको विश्व मा।वि।मा लामो समयसम्म अध्यापन गराउनु भयो। प्युठान र त्यो क्षेत्र नेकपा मसालको गढ क्षेत्र भएकोले त्यही कार्यरत रहँदा दिउँसोमा अध्यापन गराउने र राती राती मसाल पार्टीको संगठन विस्तार गर्नुका साथै पार्टीको क्लासहरु९ प्रशिक्षण दिने,जनतालाई संगठित गर्ने काममा अहोरात्र खटनु हुन्थ्यो। त्यहाँ रहँदा विकृति विसंगती हटाउने कामका सक्रिय रही रातीमा संगठन विस्तार र दिनमा स्कुलमा पढाउने काम गर्ने भएकोले अभिभावक र विद्यार्थी दुवैको प्रिय पात्रको रुपमा समय बितेको पत्तै पाईन भन्नुहुन्छ।
त्यत्ति बेला तत्कालीन मसालको मुखपत्र जस्तो नयाँ हाँक पत्रिकामा प्रुफ रिडरको आवश्यक परेको हुनाले पार्टीको निर्देशन अनुसार २०४४ सालमा उहाँ काठमाण्डौ जानुभयो। तत्कालीन समयमा गोबिन्दसिंह थापा प्रधान सम्पादक, युवराज पन्थी सह सम्पादक थिए। मासिक खर्चको रूपमा रु२४००।( एकहजार चारसय दिने शर्तमा उहाँलाई पार्टीले राखेको थियो।परिबारलाई सानो पसल राखी दिएर आफू पत्रीकामा र पार्टीको काम गर्न थाल्नुभयो।
काठमाडौको ठाउँ आफू संग धेरै पैसा नहुनु पसल पनि खासै चलेन,दिने भनेको रकम पनि सुरु सुरुमा त दिए।पछि त्यो पैसा पनि पाउन छोडेपछि झण्डै एकबर्ष पछि त उहाँ अलपत्र अबस्थामा जिल्ला फर्कनु पर्यो। जिल्ला फर्किए पछि पार्टीको जिल्ला कमिटी सचिव भई काम गर्न सुरु गर्नु भयो। त्यतिबेला सचिव भई काम गर्दा मलाई मासिक रु१५००।(एकहजार पाँचसय दिइन्थ्यो पछि त्यो रकम पनि पार्टीले दिन नसक्ने निर्णय गरेपछि छोराछोरी बुटवलमा ल्याएर सरकारी बिधालयमा भर्ना गरिदिनु भयो।
२०४६ सालको जन आन्दोलनमा सक्रिय भुमिका खेल्नु भएका उहाँ २०५१ सालमा एमालेको तर्फबाट मोदनाथ ूप्रश्रीतू शिक्षामन्त्री भएको बेलामा पंचायतको बिरोध गरे बापत नोकरी गुमाएका लाई पुनर्बहाली गर्ने मन्त्री परिषदको निर्णय अनुसार हौसिंदै सम्पुर्ण कागजात संगै निवेदन दिनु भयो। त्यतिखेर लगभग सबै शिक्षकहरुको पुर्नबहाली भयो। स्वेच्छाले अबकाश लिएका शिक्षक समेतको पुनर्बहाली हुँदा उहाँको भएन।किन कि म मसाल जस्तो सानो पार्टीको समर्थक शिक्षक थिएँ।मेरो कुरा सुन्ने र मेरो बारेमा भन्ने कोहि थिएन।देश भरी बाट जिल्ला बाट धेरै पुनर्बहाली हुँदा आफू नपर्दा अत्यन्तै दुख लागेको उहाँ सम्झनु हुन्छ।
त्यसपछि बुटवलको नमुना बोर्डिङमा काम गरी जहान परिवार पाल्ने काम काम गरेको उहाँ बताउनु हुन्छ।
कांग्रेस नभएकै कारणले योग्य हुँदाहुदै पनि मेरा कुनैपनि सन्तानले शिक्षकको जागिर पाउन सकेनन् तर लोकसेवा पास गरी सरकारी जागिर खाएपछि म शिक्षक सेवामा उमेरका कारणले अशक्त पनि भएको कारणले बोर्डिङमा पढाउने कामबाट पनि अवकाश लिनु पर्यो ।
जतिखेर म बुटवलमा अध्यापन गराउँदै थिए त्यतिखेरै मोहनविक्रम सिंहले दुर्गासँग बुढेसकालमा बिहे गरें ।त्यो घटनापछि मलाई मसालप्रति घृणा पैदा भयो । क्रान्तिको रथ हाँक्ने बेलामा यौन पिपाशाले आकुलब्याकुल भएको व्यक्तिबाट क्रान्ति हुन सत्तैन भनी नयाँ दिशा पत्रिकामा लेख लेखी मसालको राजनीतिबाट सदाको निम्ति बिदा लिए । त्यसपछि मेरो झुकाव तत्कालीन युद्धरत माओवादीप्रति भयो र त्यसपछि उहाँ अहिलेसम्म माओबादी बिचार संग नजिक हुनुहुन्छ।
मैले मेरो जीवनलाई असफलता नै असफलताको रुपमा लिएको छु किनभने मैले कुनैपनि क्षेत्रमा पूर्ण सफलता पाउन सकेन । हुन त म सरकारी कर्मचारी पनि भए, शिक्षक पनि भए, राजनीति पनि गरे, जीवनको पुर्बार्धमा आध्यात्मिक पनि भए तर पूर्ण सफलता कुनैमा पनि भेटाइन । अनुभव नै अनुभवको संगालो मेरो जीवन भयो । आध्यात्मिक दर्शन, भौतिकवादी दर्शनको समिश्रण मेरो जीवन हो। भने संघर्ष संघर्षले भरिएको पनि हो। समष्टिगत रुपमा भन्नुपर्दा मेरो जीवन हिलोमा रहेर पनि हिलो नलागेको कमलको फुल जस्तै हो। किनभने मैले जीवनमा कहिले केही गल्ती गरेन, समाज परिवर्तनको लागि, क्रान्तिको लागि हेपिएका दबिएका, उत्पिडीतको उत्थानको लागि जीवन समर्पण गरे। त्यसबाट मैले एउटा अनुभव पाए र अर्को सन्तोष लिने अवसर पाए। सन्तोष यस मानेमा लिनुपर्नेमा भयो कि मलाई चिनेजानेको मान्छेले कसैले पनि नराम्रो भन्दैन र खोट देखाउने ठाउँ पनि छैन म यसैमा सन्तुष्ट छ।
यी माथिका हरफहरु कुराकानीको क्रममा उहाँले आफै बताउनु भएको हु(बहु बाक्याशं हुन।
उहाँ एक योग्य शिक्षकको अलावा एक साहित्यकार पनि हुनुहुन्छ।उहाँले फुटकर कविता लेख्नु भएको छ।उहाँका सृजना हरु धेरै प्रकाशित छैनन।शिशु गणतन्त्र ,नयाँ नेपाल खण्डकाब्य,पिपकुण्ड उपन्यास प्रकाशित कृति हुन भने नयाँ गिता अप्रकाशित कृति हो।
आदरणीय गुरु नारायण शास्त्री एउटा संघर्षै संघर्षको इतिहास हो।योग्यता क्षमता हुँदाहुँदै पनि बाहिरी रूपमा धेरै कुरामा असफलता मात्र देखिएको पात्र हुनुहुन्छ।
तर उहाँ एक सफल ब्यक्ति हो।किन कि उहाँ आफ्नो जिबनकालमा कहिल्यै पनि गलत लाई सहि भन्नू भएन।हजारौं ब्यक्तिको पछि भन्दा सत्यको निम्ति एक्लै सतिसाल जस्तै उभिनु भयो।
तत्कालीन मालेको सानो कमजोरी लाई आधार मानेर त्यसबाट बाहिर लाग्नु भयो।मसालमा मोहन बिक्रम सिंहको बुढेसकालको बिबाह लाई कारण मानेर मसाल छोडनु भयो।ब्यक्ति हत्या बाहेक देशमा गणतन्त्र संघीयता धर्म निरपेक्ष समाबेशी समानुपातिक एजेन्डा ल्याउने माओबादी बिचार संग नजिक हुनु भयो।
यहाँ आफ्नो ब्यक्तिगत स्वार्थले पार्टी छोडेका छन।उहाँ कहिल्यै आफ्नो स्वार्थ हेर्नू भएन।देश समाज र शोषित पिडित जनताको पक्षमा अबिचल अविरल रूपमा सबैको सम्मानित ब्यक्ति भएर अहिले ८३ बर्षमा पनि सक्रिय रूपमा दैनिकी बिताउनु भएको छ।
२०७७ सालमा आफ्नो जीवन संगिनी गुमाए पनि कहिले कुन छोरा बुहारी कहिले कुन छोरा बुहारी कहिले कुन छोरी ज्वाइँ कहिले कुन छोरी ज्वाइँ नाति नातिना संग रमाउँदै समय बिताउनु भएको छ।
सफल छोरा छोरीको खुशिमा रमाउँदै नेपाली राजनीति लाई नजिक बाट नियाल्दै बिश्व कम्युनिस्ट नेताहरुको जिबनी पढदै चिन्तन गर्दै बाँकी जीवन पनि आनन्द रूपमा बितोस।अर्घाखाँची जिल्लाको तर्फबाट उच्च सम्मान व्यक्त गर्दै दिर्घजिबनको मंगलमय शुभकामना टक्र्याउँछौं।
(सहयोगी बि सि मालारानी ५ हाल सन्धिखर्क ३ चुत्रावेशी अर्घाखाँची ) सहयोगी बि सिको फेसबुकबाट साभार गरिएको हो ।