समानुपातिकतर्फ सिट बाँडफाँट टुंगो, रास्वपा पहिलो
काठमाडौँ । निर्वाचन आयोग ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको सिट संख्या टुंगो लगाएको छ।
आयोगका अनुसार फागुन २१ गते सम्पन्न निर्वाचनमा थ्रेसहोल्ड कटाएका ६ वटा राजनीतिक दलहरूको समानुपातिक सिट संख्या निर्धारण गरिएको हो। प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६० (२) बमोजिम दलहरूले प्राप्त गरेको कुल सदर मतका आधारमा तीन प्रतिशत थ्रेसहोल्ड पार गर्ने दलहरूको सिट संख्या निर्धारण गरिएको आयोगले जनाएको छ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी ले थ्रेसहोल्ड कटाएका छन्।
समानुपातिक प्रणालीतर्फ प्राप्त मतका आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीले ५७ सिट प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ। त्यसपछि नेपाली कांग्रेसले २० सिट, नेकपा एमालेले १६ सिट, नेपाली कम्युनिस्ट पार्टीले ९ सिट तथा श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले ४–४ सिट प्राप्त गरेका छन्।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.
