काठमाडौं पुस ९ । नेकपा एमालेका युवा नेता राम प्रसाद रिजालले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी हुने दाबी गरेका छन । आज खवरब्रेकिङ संगको छोटो कुराकानीमा उनले यस्तो दाबी गरेका हुन ।
उनले आफनो पार्टी संगठन बिस्तारमा केन्द्रित भएको जानकारी दिए । देश भरीबाट एमालेमा प्रबेश गर्नेहरुको लहर चलेकोले कुनै पनि शक्तिले एमालेलाई कमजोर बनाउन नसक्ने उनले बताए ।
उनले आगामी निर्वाचनमार्फत समाजवादी पार्टी र माओवादी केन्द्र पत्तासाफ हुने दाबी गरे । माधब नेपाल फुटेर गए पनि एमालेको शक्ति कमजोर नभएको र झन शक्तिशाली भएको उनले बताए ।
पाँच दल एकातिर एमाले अर्कोतिर एक्लै भिडदा पनि एमालेलाई कसैले हराउन नसक्ने उनको भनाइ छ । दिनका दिन बिभिन्न पार्टी परित्याग गरेर एमालेमा प्रबेश गर्नेको लहर देखेर बिरोधिहरुको सातो गएको उनले बताए ।
देश र जनताको हितमा काम गर्ने पार्टी भनेको एमाले भएकाले जनताले एमालेलाई नै बहुमत दिने उनले बिश्वास ब्यक्त गरे । नेकपा एकिकृत समाजवादी परित्याग गरी एमालेमा प्रबेश गरेका रिजालले आफनो अभिब्यक्ति दिन छोडेका छैनन । प्रखर बक्ता रिजालको अभिब्यक्तिले एमालेमै तरंग उत्पन्न भइरहेको छ ।