यूएईमा नेपालीलाई अनावश्यक यात्रा नगर्न दूतवासको आग्रह

0
9

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) स्थिति नेपाली दूतावासले यूएईमा रहेका नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ ।मध्यपूर्व क्षेत्रमा विकसित भइरहेका परिस्थितिलाई ध्यानमा राख्दै दूतावासले नेपाली नागरिकहरूलाई अनावश्यक यात्रा नगर्न र उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । दूतावासले एक विज्ञप्ति जारी गर्दै यूएई सरकार तथा नेपाली  दूतावासरमहावाणिज्य दूतावासले जारी गरेका सुरक्षा मार्गनिर्देशन र सूचनाहरूको पालना गर्न सबै नेपाली नागरिकलाई अनुरोध गरेको हो ।

विज्ञप्तिमा मध्यपूर्वको सिर्जित अवस्थालाई ध्यानमा राखी सम्भावित जोखिमबाट जोगिन सचेत रहन भनिएको छ । दूतावासले आपतकालीन अवस्थामा सम्पर्क गर्नका लागि फोन नम्बर इमेल ठेगाना पनि सार्वजनिक गरिएको छ ।

अबुधाबीस्थित दूतावासको आपतकालीन सम्पर्क नम्बर +९७१ ५० ८१८०२८० रहेको छ भने इमेल ठेगाना eonabudhabi@mofa.gov.np सार्वजनिक गरिएको छ ।

त्यसैगरी, दुबईस्थित नेपाली महावाणिज्य दूतावासको फोन/ह्वाट्सएप नम्बर +९७१ ५० ३९४९३०४ रहेको छ । इमेलमार्फत सम्पर्क गर्न चाहनेले cgnudubai@mofa=gov=np jf nepalconsulate=dubai@gmail=com मा सम्पर्क गर्नसक्ने विज्ञप्तिमा उल्लेख छ ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here