काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापति

 

 

डा डिआर उपाध्याय,

काठमाण्डौं २९ मंसिर । नेपाली काँग्रेसमा फेरि शेर बहादुर देउवा सभापतिमा निर्बाचित भएका छन । देउवा सभापतिमा निर्वाचित भए संगै चुनौति र अबसर दुबै उनी सामु खडा भएर आएका छन । पार्टी भित्रको आन्तरिक मदभेद मिलाउनु उनको प्रमुख दायित्व रहने छ ।

पार्टीका बरिष्ठ नेता राम चन्द्र पौडेललाई चित्त बुझाएर संगै लैजानु पर्ने जिम्मा पनि देउवाको काँध माथि नै छ । सभापति पदमा पराजित डा शेखर कोइरालालाई पनि मिलाएर लैजानु पर्ने जिम्मेवारी देउवा माथि छ । अब देउवाले काँग्रेसलाई कसरी अगाडी बढाउँछन त्यो हेर्न आम कार्यकर्ता चासोका साथ बसेका छन । नेपाली काँग्रेसको चौधौं महाधिबेशनबाट देउवा फेरी दोहोरिनु नेपाली काँगे्रसका लागी फाइदा हो वा घाटा त्यो उनैले जानुन् ।

शेखर कोइराला पनि काँग्रेस पार्टी भित्र लोकप्रिय नेता नै हुन । देउवाले सभापतिमा जित्नुमा प्रकाश मान सिंहको ठूलो भूमिका छ । उनी पहिलो चरणमा आफै सभापति पदमा भिडेका थिए । आफनो थोरै मत आए पछि दोस्रो चरणमा देउवालाई सघाएका थिए । देउवा र सिहं बीच लेन देनको सहमति भएको खबर पनि सुनिन्छ । पदको लागी जस्तो सुकै सहमति गर्न पनि तयार हुने राजनीतिक दल र तिनका नेताहरु प्रति जनताको बिश्वास घट्दो छ ।

नेपाली काँग्रेसको चौधौं महाधिबेशनले बरिष्ठ नेता राम चन्द्र पौडेललाई आशु झार्न बाध्य बनायो । निष्ठा र त्यागको राजनीति गदै आएका पौडेल मतदान गर्न समेत नगएको खवर छ । यस्तो किन भयो रु यो कुरा देउवाले समिक्षा गर्न जरुरी छ । आगामी निर्बाचनमा देउवाले काँग्रेसलाई पहिलो पार्टी बनाउन सक्छन की सक्दैनन् त्यो नै महत्वपूर्ण सवाल बनेको छ । आगामी निर्वाचनमा देउवाले पार्टीलाई पहिलो पार्टी बनाउन सकेनन् भने उनी माथि गम्भिर प्रश्न पक्कै उठने छन ।

नेपाली काँग्रेसको जिम्मा फेरी देउवाको हातमा गएको छ । अब देउवाले पार्टीलाई कुन गतिमा लैजान्छन त्यो आगामी दिनले देखाउने छ । नेपाली काँग्रेस पुरानो लोकतान्त्रिक पार्टी हो । यो पार्टी माथि अझै पनि जनताको बिश्वास र भरोसा छ । नयाँ सोच, नयाँ चिन्तन बोकेर काँग्रेस अघि बढनु पर्ने जरुरी छ । हिजो निष्ठा र त्यागको राजनीति हुन्थ्यो आज लाभको राजनीति भएको छ ।

हिजो त्याग र निष्ठाका नेता थिए आज स्वार्थी नेता छन । स्वार्थको राजनीतिले न पार्टी बनाउन सकिन्छ न त देश र जनताको भबिश्य । आज सबै पार्टीमा स्वार्थको राजनीति हावी हुदै गएको छ । यसरी देश बनाउन सकिदैन । राजनीति भनेको सेवाभाबले गरिने चिज हो । राजनीतिको नाममा ब्यापार भयो । पैसा हुनेहरु राजनीतिमा हाबी भए । पैसा नहुनेहरु राजनीतिबाट पाखा लाग्दै छन । यो ठूलो समस्या हो । राजनीति बिचार र शिद्धान्तले चल्नु पर्छ । बिचार र शिद्धान्त बिनाको राजनीति लुलो हुन्छ ।

  • Related Posts

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    काठमाडौं । देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै पुनः राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समितिको चयन  गरेको छ। संस्थाका अध्यक्ष घिमिरेको सभापतित्वमा…

    Read more

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    ८ पुष ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार  विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा संयुक्त अधिराज्यका लागि नवनियुक्त…

    Read more

    You Missed

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 0 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 0 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 0 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 8 views

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views