एमालेले आज संसदमा अवरोध गर्छकी सदन चल्न दिन्छ ? यसो भन्छन् भट्टराई

 

 

काठमाडौं, २८ मंसिर । नेकपा एमालेको सचिव योगेश भट्टराईले सदनमा आफ्नो पार्टीको अवरोध नभई विरोध मात्र रहेको दाबी गरेका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले भने, “संसद्मा के गर्ने भन्ने बारेमा बिहान ११ बजे एमाले संसदीय दलको बैठक बोलाइएको छ । त्यहाँ नै निर्णय हुन्छ । अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटीको बैठकमा भने अनुसार पहिलेको असहमति कायमै छ । संसद्मा एमालेको अवरोध होइन, विरोध कायमै छ ।”

संसद् भनेको त प्रमुख प्रतिपक्षको हो, किन अवरोध गरिरहनुभएको छ भन्ने पत्रकार धमलाको प्रश्नमा एमाले सचिव भट्टराईले भने, “एमालेको विभाजनमा सभामुखको भूमिका तटस्थ भएन । आफ्नो अधिकारको दुरुपयोग गर्नुभयो । त्यसैले हाम्रो विरोध जायज छ । संसद्मा हामी आफ्नो शैलीमा मुद्दा राख्छौं । हामीले संसद् अवरोध गर्ने भनेका छैनौं । हामी संसदीय मर्यादाभित्र रहेर शान्तिपूर्ण विरोध गर्छौं ।”

संसद् चलाउनका लागि प्रधानमन्त्री र सभामुख नेकपा एमालेसँग वार्तामा बस्नुपर्नेमा उनले जोड दिए । उनले भने, “संसद्लाई बिजनेस दिने सत्तापक्षले हो । एमाले सामान्य प्रतिपक्ष होइन । ठूलो दल पनि हो । उसका माग र विचारलाई सम्बोधन नगरी सदन अघि बढ्न सक्दैन । तर सभामुख एमालेलाई धम्काउँदै हुुनहुन्छ । आगोमा घिउ थप्दै हुनुहुन्छ मिडियामार्फत । उहाँको संयोजनकारी भूमिका छैन । एमाले अझै पनि छलफल गर्न तयार छ ।”

अर्को प्रसंगमा उनले पार्टीभित्र केही विमति भए पनि बहुमतको निर्णय स्वीकार गर्नुपर्ने बताए । उनले थपे, “पोलिटब्युरो र स्थायी समितिमा आएका साथीहरुलाई अयोग्य भन्ने ठाउँ छैन । तर जिम्मेवारी बाँडफाँडमा सन्तुलन मिलेको छैन । कम मापदण्डको साथीलाई प्रमोसन गर्दा विचार गर्नुपर्छ । पार्टी अध्यक्षले सबैलाई न्याय दिन सकिनँ होला, यो मेरो बाध्यता हो, मान्दिनोस् भनेकाले विमति हुँदाहुँदै पनि बहुमतको निर्णय स्वीकार गरेका हौं । हामी आन्तरिक मामिलामा छलफल गर्दै जान्छौं । पार्टीभित्रको मर्यादाक्रममा तपाईं जुनियर सचिव देखिनुभयो नि भन्ने अर्को प्रश्नमा उनले भने, सिनियर र जुनियरको कुराले मलाई हीनताबोध छैन । यसमा मेरो कुनै टिप्पणी छैन । कसैले किनारा लगाउने सोचेको छ भने त्यो सही हुँदैन ।”

आफूले भीम रावललाई स्थायी समितिमा ल्याउनु पर्ने सुझाव पार्टी अध्यक्षलाई दिएको पनि उनले बताए ।एमसीसीका बारेमा सत्ता गठबन्धनमै एकता नभएकाले एमालेले केही नसोचेको उनले बताए । भट्टराईले भने, “सरकारले एमसीसीको प्रस्ताव संसद्मा ल्याउँछ कि ल्याउँदैन ?  एमसीसीका बारेमा गठबन्धनमा एकमत छ कि छैन रु छ भने बहुमत प्रयोग गरे भइहाल्छ । छैन भने पनि प्रतिपक्षीको नाताले एमालेसँग कुरा गर्यो भने यसमा केही निर्णय हुन सक्छ ।”

एमाले कांग्रेस सभापतिमा शेरबहादुर देउवा र शेखर कोइराला कुन पक्षमा छ भन्ने अर्को प्रश्नमा एमाले सचिव भट्टराईले भने, “नेपालमा प्रमुख दुईवटा दल छन् । एमाले समाजवादी गन्त्व्यसहितको अग्रगामी शक्ति हो भने कांग्रेस यथास्थितिवादी शक्ति । कांग्रेस हो । हामी २००७ सालदेखि नै मुलुकलाई शान्तिपूर्ण बाटोमा लैजानका लागि एकै ठाउँमा छौं । एमाले र कांग्रेसबीच मित्रवत् सम्बन्ध र शान्तिपूर्ण प्रतिस्पर्धा छ । जो पनि विजयी बने पनि नेपाली कांग्रेसकै नेता बन्ने हो । शेखरजी आए पनि शेरबहादुरजी आए पनि एमालेलाई केही फरक पर्दैन ।”

  • Related Posts

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    ८ पुष,काठमाडौँ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले ग्लोबल हाट बजार सञ्चालनमा ल्याएको छ ।  …

    Read more

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    ८ पुष । सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । केही दिन देखि लगातार घटेको  नेप्से परिसूचक साताको दोस्रो दिन २८.९१ अंकले बढेर २ हजार २६१२.२० विन्दुमा बन्द भएको…

    Read more

    You Missed

    ग्लोबल आइएमई बैंकद्वारा “ग्लोबल हाट बजार” सञ्चालनमा, लघु, साना तथा मझौला उद्यमीको उत्पादनलाई बजारीकरणमा सहजीकरण गर्ने

    • By
    • December 23, 2024
    • 6 views

    सोमबार नेप्से परिसूचकमा करिब २९ अंकको वृद्धि

    • By
    • December 23, 2024
    • 6 views

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 6 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 6 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 6 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 8 views