🎄 Holiday Season Special
गोरखामा शंकास्पद वस्तु फेला
१५ फागुन, गोरखा । गोरखाको सिरानचोक गाउँपालिका–२ थालाजुङ मैपतेमा शंकास्पद वस्तु फेला परेको छ । सडक छेउको रुख नजिकै टेपले बेरेको ब्याट्रीजस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । ‘करिब दुई बजेतिर हामीलाई खबर आयो,’ डीएसपी राजकुमार श्रेष्ठले भने, ‘हाम्रो प्रहरी टोली र सेना त्यो ठाउँमा पुगिसकेको छ ।’
This content is sourced from onlinekhabar.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.