पुँजीबजारबारे प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवारपूर्णः विवेकशील साझा

 

 

काठमाडौँ २७ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुँजीबजारबारे दिएको अभिव्यक्ति गैरजिम्मेवारपूर्ण भएको भन्दै विवेकशील साझा पार्टीले आपत्ति जनाएको छ ।

प्रचण्डले शनिबार आफ्नो पार्टीको प्रदेश अधिवेशन उद्घाटन गर्दै पुँजीबजार साम्राज्यवादको विकसित रुप भएको विवादास्पद अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि लगातार ओरालो लागिरहेको पुँजीबजार सोमबार झन ओरालो लागेको छ । विवेकशील साझाका प्रवक्ता शरदराज पाठकले सोमबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

प्रेस विज्ञप्ति पुँजी बजारबारे पूर्व प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति गैह्र जिम्मेवारीपूर्ण

अर्थतन्त्रको अत्यन्तै संवेदनशील क्षेत्र मानिने पुँजी बजारलाई उत्तेजित गराउने तथा बजारमा गलत सन्देश जाने गरी उच्च राजनीतिक नेतृत्वबाट आएको आपत्तिजनक अभिव्यक्तिप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ।

विगतमा दुई पटक मुलुकको शासन सत्ताको बागडोर सम्हालिसकेका र वर्तमान सत्ता गठबन्धनमा अर्थ मन्त्रालयसमेतको नेतृत्व गरेको पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालै धितोपत्र बोर्डस् साम्राज्यवादको विकसित  भनी दिनुभएको अभिव्यक्ति पूर्णतः गैह्र जिम्मेवारपूर्ण र अनुत्तरदायी रहेको ठहर गर्दै विवेकशील साझा पार्टी त्यसप्रति खेद व्यक्त गर्दछ।

पुँजी बजारका विषयमा वामपन्थी अझ खास गरी माओवादी पृष्ठभूमिका नेताहरूबाट पटक पटक असहिष्णु टिप्पणी सार्वजनिक हुँदै आएको छ। आफ्नो अभिव्यक्तिले बजारको मनोविज्ञानलाई कस्तो असर पार्छ भन्ने कुराको गहिरो हेक्का नराखी शेयर बजारलाई जुवा घर करार गर्नेदेखि साम्राज्यवादको विकसित रूपको संज्ञा दिने कार्य उच्च राजनीतिक नेतृत्वमा रहेको अल्पज्ञान र सङ्कुचित सोचाइको उपज हो।

पुँजी बजार बजार कुनै बाह्य प्रभावविना आफ्नै लय र गतिमा चलायमान हुनुपर्छ। बजार दुर्घटनामा पर्‍यो भने अरू धेरै क्षेत्रमा गहिरो असर पर्छ र अर्थतन्त्र दुष्चक्रमा फस्न जान्छ। यस तथ्यलाई मनन गर्दै आफ्नो भनाई तत्काल सच्याउन र आइन्दा संवेदनशील र जिम्मेवार रूपमा प्रस्तुत हुन हामी नेता दाहाललाई सुझाव दिन्छौँ।

त्यसै गरी, पुँजी बजारलाई नियमन गर्ने निकायहरू लामो समय नेतृत्वविहीन रहँदा नीतिगत कामकारबाही अलपत्र परेको छ भने बजारले उनीहरूबाट प्राप्त गर्ने ढाडस पाउन सकेको छैन। धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष र स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारीमा योग्य व्यक्ति अविलम्ब नियुक्त गर्न विवेकशील साझा पार्टी सरकारसँग माग गर्दछ।

शरदराज पाठक
प्रवक्ता
विवेकशील साझा पार्टी
२७ मङ्सिर, २०७८

  • Related Posts

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    काठमाडौं । देव दर्शन बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १६औं वार्षिक साधारणसभा सम्पन्न गर्दै पुनः राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समितिको चयन  गरेको छ। संस्थाका अध्यक्ष घिमिरेको सभापतित्वमा…

    Read more

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    ८ पुष ,काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार  विभिन्न देशका लागि नेपालका नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । आज राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा संयुक्त अधिराज्यका लागि नवनियुक्त…

    Read more

    You Missed

    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    • By
    • December 23, 2024
    • 0 views
    देव दर्शन साकोसमा राम नारायण घिमिरेको अध्यक्षतामा नयाँ संचालक समिति

    राष्ट्रपति समक्ष नवनियुक्त राजदूतहरुले लिए शपथ

    • By
    • December 23, 2024
    • 0 views

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘राष्ट्रिय बाँस सम्मेलन’ गर्ने

    • By
    • December 23, 2024
    • 0 views

    सेवाग्राहीलाई दुख दिने नियतले नियम, कानुन बनाउन रोक्नुपर्छ: सांसद चौधरी

    • By
    • December 23, 2024
    • 8 views

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views