काठमाडौं, २७ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्वको लागि मतदान प्रक्रिया जारी छ। भृकुटीमण्डपका २ ठाउँ र राष्ट्रिय सभामा मतदान जारी छ। निर्धारित समयभन्दा करिब ३ घण्टा ढिलो मतदान सुरू भएको थियो। निर्धारित समयमा मतदान सुरू नभएपछि आज बेलुकी ९ बजेसम्म मतदान गर्न पाउने गरी समय थपिएको छ।
प्रदेश १ र बागमती मतदान स्थलमा मतपत्र व्यवस्थापनमा ढिलाइले गर्दा प्रतिनिधिहरूले गुनासो गर्न थालेका छन्। करिब एक घन्टा मतपत्र कुर्नुपरेको उनीहरूको गुनासो छ। यता निर्वाचन समिति सदस्य तेज रावलले मतपत्र व्यवस्थापन भइसकेको र मतदान निरन्तर अगाडि बढ्ने बताए। मतपत्र छपाइ ढिलो र दुई निर्वाचन अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नुपर्ने भएकोले ढिलाइ हुन पुगेको उनले बताए। यसपालि कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्। पदमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ प्रतिस्पर्धामा उत्रिएका छन्। मतपत्र छपाइ ढिलो र दुई निर्वाचन अधिकृतले मतपत्रमा हस्ताक्षर गर्नुपर्ने भएकोले ढिलाइ हुन पुगेको उनले बताए। यसपालि कांग्रेसमा ४७४३ जना महाधिवेशन प्रतिनिधि छन्।