पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूको अनुमान

 

काठमाडौं २६ मंसिर । आगामी पुस महिनामा तरलता अभावको समस्या थप बढ्ने बैंकहरूले अनुमान गरेका छन् । पुसलाई कर तिर्ने महिनाका रूपमा पनि लिइन्छ । यस महिनामा उद्योगी, व्यापारी तथा स्वयम् बैंक वित्तीय संस्थाहरूले नै ठूलो रकम करबापत सरकारलाई भुक्तानी गर्छन्, फलस्वरूप पुसमा तरलता अभाव थप बढ्ने बैंकहरूको अनुमान छ ।

सरकारलाई कर तिर्दैमा तरलता अभाव हुने भन्ने त होइन । तर, यसपालि आर्थिक वर्षको शुरू अर्थात् साउनदेखि नै तरलता अभाव भइरहेको छ । तत्काल निक्षेप आउने स्रोत पनि कुनै छैन । त्यो अवस्थामा बैंकिङ प्रणालीबाट अर्बौं रुपैयाँ सरकारी खातामा जाँदा तरलतामा थप चाप पर्ने बैंकहरूको अनुमान छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायले पुस महीना तरलतामा थप चाप पर्न सक्ने बताए । ‘पुस कर तिर्ने समय पनि हो । यो बेला उद्योगी व्यापारीलगायत करदाता मात्र नभएर, बैंकिङ क्षेत्रले पनि ठूलो रकम करबापत सरकारलाई भुक्तानी गर्छ,’ उनले भने, ‘तर, तत्काल निक्षेप आउने ठोस स्रोत कुनै छैन । फलस्वरूप पुसमा तरलतामा थप चाप पर्ने अनुमान गरिएको छ ।’ आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 10 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 12 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 11 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 9 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 16 views