काठमाडौं, २१ मंसिर । युवा नेता रामप्रसाद रिजालले शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पदको मर्यादा राख्न नसकेको आरोप लगाएका छन् । नेता रिजालले काठमाडौंबाट करिब १५ किलोमिटरको दूरीमा रहेको गोकर्णेश्वर नगरपालिकाको शिबपुरी राष्ट्रिय निकुञ्जस्थित धाव ड्यामको अवलोकन गर्न गएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्री र उनको टिम शुक्रबार साँझ त्यहाँ रहेको सुविधा सम्पन्न प्रकृति रिर्सोटमा बसेको भन्दै यस्तो आरोप लगाएका हुन् ।
रिजालले भने, ‘मन्त्री जस्तो मान्छे जसको राष्ट्रको लागि एक मिनेटको पनि महत्त्व हुन्छ, तर उनले काठमाडौं नजिकको रिसोर्टमा रातभरी नाजगान गरेर बिताईन । यो राम्रो काम होइन ।’
नेता रिजालले शुक्रवार रातभरी नाजगान र खानपिनमा मन्त्री आफ्ना मन्त्रालयका सचिव देखि विभिन्न आयोजनाका प्रमुखहरू संग व्यस्त भईन साथी आफ्ना श्रीमान पनि झाक्रीले लगेको कुरा सामाजिक सञ्जालमा आएको भन्दै यसवारे जवाफ दिनुपर्ने बताए । उनले भने, ‘नैतिक हिसाबले मन्त्री झांक्रीले जनतालाई जवाफ दिनुपर्छ । खानपीनको विल एकरातको ५ लाख उठेको र सो रकम ठेकेदार पवन महंतोले तिरेको सामाजिक सञ्जालमा र संचार माध्यममा चर्चामा छ ।’
मन्त्री झाक्री मन्त्री भएर आएपछी उनी मन्त्रालयको काम भन्दा आफ्ना मन्त्रालय मातहातका उच्च कर्मचारी हरुको सरुवा गर्न आकर्षक ठाउँमा आफ्ना मान्छे भर्ना गर्न व्यस्त रहेको समेत नेता रिजालको आरोप छ । उनले भने, ‘यस्ता मन्त्रीबाट जनताले र राष्ट्रले अब के आश गर्ने ? ’ यो समाचार दर्पण दैनिकमा छ ।