प्रदेश २ मा देखियो कांग्रेसको संस्थापन पक्ष बलियो

काठमाण्डौं, २० मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेश नम्बर २ मा संस्थापन पक्ष बलियो देखिएको छ । प्रदेश २ बाट उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेदवारी घोषणा गरेका बेला महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि र जिल्लाको नेतृत्वको नतिजामा देउवा बलियो देखिएका हुन् । निधि निकै कमजोर सावित भएका छन् ।

प्रदेश नम्बर २ मा तीन जिल्लाको अधिवेशन हुन बाँकी छ । सर्लाहीका ४ र महोत्तरी तथा सप्तरीका एक–एक क्षेत्रमा निधि र रामचन्द्र पौडेल समूहका कारण अधिवेशन हुन सकेको छैन । यीबाहेक २६ निर्वाचन क्षेत्रमा महाधिवेशन प्रतिनिधि, क्षेत्रीय प्रतिनिधि र जिल्ला सभापति छनोट भइसकेका छन् । क्षेत्रीय अधिवेशनसम्म आइपुग्दा देउवा पक्षको अग्रता देखिएको हो ।

प्रदेश २ का ३२ मध्ये २६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेतृत्वसहित महाधिवेशन प्रतिनिधि चुनिँदा निर्वाचित क्षेत्रीय सभापतिमध्ये २० देउवा समूहका छन् । पौडेल–कोइराला समूहमा ४ र निधि समूहमा २ जना छन् ।

सप्तरी–१, २ र ३ मा क्रमशः ललन गुप्ता, महानन्द यादव र भूपेन्द्र यादव सभापतिमा निर्वाचित भएका छन् । उनीहरु देउवा समूहबाट जिल्ला सभापति रहेका दिनेश यादवनिकट छन् । सप्तरीमा उनसँग ९० प्रतिशत महाधिवेशन प्रतिनिधि छन् । रौतहट–२ मा कैदी जीवन बिताइरहेका देउवानिकट मोहमद अफताब आलम पक्षले सभापतिसहित सबै महाधिवेशन प्रतिनिधि जितेको छ ।

पर्साका चारवटै क्षेत्रमा क्षेत्रीय सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि देउवा समूहले जितेको छ । बाराका चारवटै क्षेत्रमा पनि देउवाले सभापतिसहित बहुमत महाधिवेशन प्रतिनिधि जितेको छ । प्रदेश २ मा मन्सुरसहित आनन्दप्रसाद ढुंगाना, महेन्द्र यादव, रमेश रिजाल, कृष्णा यादव, चित्रलेखा यादवजस्ता नेताहरू देउवाको पछाडि ब्याक फोर्सका रुपमा छन् ।

 

  • Related Posts

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    ६ पुष ,काठमाडौं । नेपाल विद्युत प्राधिकरणले चालू आर्थिक वर्ष २०८१/०८२ को पहिलो ५ महिनामा १३ अर्ब ४ करोड रुपैयाँको विद्युत् भारततर्फ निकासी भएको जनाएको छ । चालू आवको साउन,…

    Read more

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    काठमाडौं । छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले आफ्नो १०औं र ११औं वार्षिक साधारणसभा एकैसाथ पुष ५ गते सम्पन्न गरेको छ। काठमाडौंमा सम्पन्न साधारणसभाले कम्पनीको वार्षिक प्रतिवेदन तथा वित्तीय प्रतिवेदनहरु सर्वसम्मत रुपमा…

    Read more

    You Missed

    ५ महिनामा १३ अर्ब ४ करोडको विद्युत् भारततर्फ निर्यात

    • By
    • December 22, 2024
    • 9 views

    छ्याङ्दी हाइड्रोपावरको सम्पुर्ण प्रस्तावहरु सर्वसम्मत रुपमा पारित

    • By
    • December 22, 2024
    • 11 views

    आज सुनचाँदीको मूल्य बढ्यो

    • By
    • December 22, 2024
    • 10 views

    एमालेले बोलायो सचिवालय बैठक

    • By
    • December 22, 2024
    • 8 views

    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    • By
    • December 21, 2024
    • 12 views
    नेपाल प्रिमियर लिगको उपाधि ‘जनकपुर बोल्ट्स’ लाई; दीपेन्द्र ऐरीले जिते कार

    इप्पानको रजत जयन्ती ‘लिडिङ दि ईनर्जी प्रस्पोरेटी’ सम्मेलनसहित भव्य रूपमा मनाइने

    • By
    • December 20, 2024
    • 15 views