अब कुरा होइन, कामले बोल्ने प्रतिबद्धतासहित गोरखा १ बाट प्रेमकुमार खत्री चुनावी मैदानमा

0
7

काठमाडौँ । नेपाली काँग्रेसका तर्फबाट गोरखा क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेमकुमार खत्रीले आफ्नो औपचारिक चुनावी अभियान सुरु गरेका छन्। अभियानको घोषणा गर्दै उनले लामो समयदेखि आफूले राजनीतिभन्दा बाहिर रहेरै सामाजिक सेवामा समर्पित रहँदै आएको अनुभव नै राजनीतिमा प्रवेशको मुख्य प्रेरणा बनेको बताएका छन्।

उम्मेदवार खत्रीले विगतका वर्षहरूमा करिब ३० हजार विद्यार्थीलाई नियमित रूपमा न्यानो कपडा र शैक्षिक सामग्री उपलब्ध गराउँदै आएको उल्लेख गर्दै ती बालबालिकाको आँखामा देखिएको आशाले आफूलाई नीति निर्माणको तहसम्म पुगेर अझ व्यवस्थित र व्यापक सेवा गर्ने सङ्कल्प दिलाएको बताए। व्यक्तिगत प्रयासबाट सम्भव भएको काम राज्यको नीति र कार्यक्रममार्फत अझ ठूलो दायरामा पुर्‍याउन सकिने विश्वाससहित आफ्नो उम्मेदवारी अघि बढेको उनको भनाइ छ। आर्थिक अभावका कारण कुनै पनि बालबालिका शिक्षाबाट वञ्चित हुनु नपरोस् भन्ने उद्देश्य आफ्नो मूल प्रतिबद्धता रहेको उनले दोहोर्‍याए।

गोरखा १ का मतदातालाई सम्बोधन गर्दै खत्रीले यो अभियान व्यक्तिगत महत्त्वाकांक्षाको परिणाम नभई क्षेत्रको स्वाभिमान, समृद्धि र भविष्यसँग जोडिएको साझा अभियान भएको बताए। पदमा नहुँदासमेत गोरखाको माटोप्रतिको ऋण चुकाउन आफूले निरन्तर खटिएको दाबी गर्दै उनले आफूले बोलेका कुरा मात्र होइन, काम र परिणाममार्फत विश्वास जित्ने प्रतिवद्धता व्यक्त गरे।

उनले यसपटक शासन गर्ने मानसिकता भएका पात्र होइन, सेवा गर्ने भावनाका साथ काम गर्ने प्रतिनिधि छान्न मतदातासँग आग्रह गरे। भाषण र आश्वासनको खेती गर्नेभन्दा विकासको बीउ रोपेर परिणाम देखाउने नेतृत्व आवश्यक रहेको उनको भनाइ थियो। आफ्नो हरेक पाइला जनताको घरआँगनसँग जोडिने र हरेक सास जनसेवामै समर्पित रहने प्रतिज्ञासहित खत्रीले गोरखा १ का आमाबुबा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई समर्थनका लागि आह्वान गरेका छन्।

नेपाली काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवारका रूपमा मैदानमा उत्रिएका प्रेमकुमार खत्रीको अभियानले सामाजिक सेवाको अनुभवलाई राजनीतिक एजेन्डासँग जोडेर अगाडि बढ्ने संकेत दिएको छ।

This content is sourced from khabarbreaking.com. All rights reserved. Used under fair use or with permission. Complies with copyright laws in USA, Europe, Japan, Australia, South Asia, and Nepal.

Read original

Ring Battery Doorbell Banner

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here